आज असोज ३ गते, आठौँ संविधान दिवस । देशव्यापी रुपमा विभिन्न कार्यक्रमहरु आयोजना गरि संविधान दिवस मनाईदैछ ।

यसैबिच नेपाल खेलकुद महासंघ उर्लाबारी नगर कमिटीले उर्लाबारी वडा नम्बर ७ स्थित तजबिदुल मदरसाममा अध्ययनरत विद्यार्थीका लागि शैक्षिक सामग्री प्रदान गरेको छ।

 

 

संविधान दिवसको अवसरमा बिहिबार शुभकामना आदानप्रदान तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरिएको महासंघका नगर अध्यक्ष विशाल गुरुङले बताए ।

नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य तथा नेपाल खेलकुद महासंघ प्रदेश इञ्चार्ज योगेश बस्नेतको प्रमुख आतिथ्यता र महासंघ नगर कमिटी संयोजक विशाल गुरुङको अध्यक्षतामा भएको कार्यक्रमका वक्ताहरुले जनताका प्रतिनिधिले निर्माण गरेको संविधानले सबै नेपालीलाई एकताको सूत्रमा बाँध्ने काम गरेको बताएका थिए ।

कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य ज्योती चौहान, जिल्ला कमिटी सचिवालय सदस्य मीना खतिवडा पौडेल, जिल्ला कमिटी सदस्यद्वय उर्मिला थापा र चेतन सिग्देल, नगर कमिटी अध्यक्ष गंगाप्रसाद बास्तोला, अनेरास्ववियु उर्लाबारी बहुमुखी क्याम्पस कमिटी अध्यक्ष गौतमबुद्ध तामाङलगायतको आतिथ्यता रहेको थियो ।

महासंघ नगर कमिटी सचिव महेश भण्डारी (सक्षम)ले सञ्चालन गरेको कार्यक्रममा सहसचिव राजिव दियालीले स्वागत मन्तव्य राखेका थिए ।

सो अवसरमा महासंघले मदरसालाई एक थान राष्ट्रिय झण्डा समेत प्रदान गरेको छ ।

वि.सं. २०६२ मा स्थापित उक्त मदरसामा हाल १ सय १५ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय