उर्लाबारीमा यही असोज १५ गतेदेखि दोस्रो वडास्तरीय भेट्रान फुटबल रनिङ कप २०८१ प्रतियोगिता हुने भएको छ ।

उर्लाबारी वडा नम्बर ३ स्थित मंगलबारे भेट्रान क्लबको आयोजनामा संचालन हुने सो प्रतियोगितामा उर्लाबारी नगरपालिकाका ९ वट‌ै वडाका भेट्रान टिमको सहभागिता रहने आयोजक क्लवका अध्यक्ष राजन सुवेदिले बताए ।

‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल नाराका साथ सो प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष सुवेदिले बताए।

वडा नम्बर ३ सालबारीस्थित प्रस्तावित सालबारी रंगशालामा हुने सो प्रतियोगिताको विजेताले ३० हजार , उपविजेताले २० हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएको छ ।

यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी, हाई स्कोरर, वेष्ट गोल किप्पर, वेष्ट डिफेन्डर, वेष्ट कोच, म्यान अफ दी म्याचलगायतका विधाहरुमा खेलाडीलाई सम्मानित गरिने क्लवका सचिव मिलन भट्टराईले जानकारी दिए ।

उर्लाबारी नगरपालिकाको मुख्य प्रयोजन रहने सो प्रतियोगिताको फाईनल खेल आगामी असोज २२ गते हुने आयोजकले जनाएको छ।

यसैबिच शनिबार ९ वटै वडाका भेट्रान टिमका प्रतिनिधीको रहोबरमा आयोजकले सो प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ ।

सो प्रतियोगिता संचालनको लागि करिव ५ लाख खर्च हुन सक्ने आयोजकले बताएको छ । आयोजक क्लवका अध्यक्ष सुवेदिकाअनुसार प्रतियोगिता संचालनको लागि खेलप्रेमी, समाजसेवी, स्थानिय संघसंस्था लगायतसँग आर्थीक संकलन गरिएको छ।

यसैबिच सो प्रतियोगिताको उद्घाटन खेल असोज १५ गते मंगलबार वडा नम्बर १ र ४ का भेट्रान क्लवबिच दिउसो ३ बजेदेखी संचालन हुने खेल संयोजक विजय माझीले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय