उर्लाबारी/उर्लाबारीमा मुख्य कार्यालय रहेको आईजोन ईन्टरनेटले पथरीस्थित बासेचौरीमा वनभोज तथा कर्मचारी सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनिले विभिन्न क्षेत्रमा कार्यरत ९ जना कर्मचारीहरुलाई कार्यसम्पादन मुल्याङ्कनको आधारमा शनिबार सम्मानित गरेको हो ।
शिवसताक्षी शाखाका गोपाल प्रसाद पौडेल र सरोज दंगाललाई प्रथम पुरस्कारले पुरस्कृत गरिएको थियो । यस्तै मधुमल्ला र टाँडि शाखाका मनमाया बस्नेत र कमला भट्टराई द्वितिय पुरस्कारले सम्मानित भए । उनीहरुलाई ग्राहक नविकरण र नया ग्राहक संख्या बढाएको बताउदै कम्पनिले नगद सहित सम्मान पत्रले सम्मानित गरेको हो ।
यस्तै ईटहरी शाखाका सुरेन्द्र लिम्बु उत्कृष्ठ फाईबर प्राविधिक र सिता रिजाल उत्कृष्ठ फ्रन्ट डेक्स र मुख्य कार्यालयका दिपेश कटुवाल अनुशासित कर्मचारी घोषित भए । यस्तै मुख्य कार्यालयमै कार्यरत समिर बोहोरा र तुलाराम लिम्बु क्रमश: उत्कृष्ठ सहफाईबर र उत्कृष्ठ सपोर्ट कर्मचारी घोषित भए ।
कार्यक्रमका प्रमुख अतिथी व्यवसायी प्रेम श्रेष्ठले मन्तन्व्य राख्ने क्रममा ईमानदारीता,लगनशीलता, मेहनती र अनुशासनले मान्छेको सफलताको सुचक जनाउने बताउदै उनले त्यसतर्फ आफ्नो ध्यान केन्द्रित बनाउनुपर्ने धारणा राखे । यस्तै उनले कुनै पनि क्षेत्रमा सफलता हाँसील गर्न दीर्घकालीन योजना आवश्यक रहने बताए ।
यस्तै कम्पनीका कार्यकारी निर्देशक नविन श्रेष्ठले कर्मचारीको उत्प्रेरणा बढाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको बताउदै उनले सकरात्मक सोच लिएर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले ग्राहकहरुबाट आएका प्रतिकृया र बजारको मागलाई ध्यानमा राखेर कम्पनिले सेवा गुणस्तर बढाउदै आएको बताउदै कम्पनिको सफलता कर्मचारीको कार्यसम्पादनमा निर्भर रहेने बताउदै कर्मचारीहरुको प्रसंशा गरे ।
कम्पनीका कार्यकारी निर्देशक श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा व्यवसायी सुर्य श्रेष्ठ , कम्पनिका व्यवस्थापक घनेन्द्र श्रेष्ठ, कम्पनीका बजार व्यवस्थापक निर्मल श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।
कम्पनिका अपरेशन ईन्चार्ज तारा खतिवडाको संचालन रहेको सो कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक निर्मल श्रेष्ठले राखेका थिए ।
पूर्व क्षेत्रकै पुरानो र गुणस्तरिय ईन्टरनेट सेवा प्रदान गर्दै आएको उक्त ईन्टरनेट सेवा प्रदायक कम्पनीले कोशी प्रदेशको ईलाम,झापा,मोरङ् र सुनसरी जिल्लामा १३ वटा शाखाहरु विस्तार गरी ईन्टरनेट सेवा उपलब्ध गराउदै आएको छ । १० हजार १ सय ९ जना ग्राहकहरु रहेको सो कम्पनीमा ग्राहक सन्तुष्टि दर ९५ प्रतिशत रहेको बताईएको छ ।