आगामी भदौ ९ गते हुने उर्लाबारी उद्योग वाणिज्य संघको निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा माओवादि केन्द्र , राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी निकट व्यापारीहरुले चुनावी गठबन्धन गरेका छन् ।

उनीहरुले संघका पूर्व वरिष्ठ उपाध्यक्ष तारामान सेरेङको नेतृत्वमा चुनावी मैदानमा जाने घोषणा गरेका हुन् । शुक्रबार दिउसो उर्लाबारी-७ स्थित उर्लाबारी पार्टी प्यालेसमा गठबन्धनको तर्फबाट लोकतान्त्रीक समावेसी व्यवसायीक साझा उम्मेदवार घोषणा गर्दै उनीहरुले चुनावमा विजय भएपछि कर्तव्यनिष्ठ भएर व्यापारिहरुको हितमा समर्पित हुने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

गठबन्धनका तर्फबाट अध्यक्ष पदका उम्मेदवार सेरेङले व्यापारीहरुको हकहितमा सधैं इमान्दार भएर लाग्ने दृढता व्यक्त गरे । यस्तै साझा उम्मेदवारमा वरिष्ठ उपाध्यक्षमा निर्मला चौहान, उद्योग उपाध्यक्षमा प्रभु राई, वाणिज्य उपाध्यक्षमा रामप्रसाद धिमाल, महासचिवमा पवन चौधरी, उद्योग सचिव भेषबन्धु निरौला, वाणिज्य सचिवमा राजकुमार श्रेष्ठ र कोषाध्यक्षमा दशरथ यादव ‘वेचन’ तथा सदस्यहरुमा केशव भट्टराई, दिपक कार्की, मदन दाहाल, फुर्बा तामाङ र सोमबहादुर गजमेरलाई उम्मेदवार बनाइएको छ ।

त्यसैगरी लेखा संयोजकमा मनोज लुइंटेल तथा लेखा सदस्यमा मोहन पाठक र वासु घिमिरेलाई उम्मेदवार वनाइएको छ ।

कांग्रेस नगर सभापति सुरेन्द्र लिम्बुको सभापतित्व र माओवादीका केन्द्रीय सदस्य विषेन्द्र चेम्जोङको प्रमुख आतिथ्यतामा भएको उम्मेदवार घोषणा कार्यक्रममा कांग्रेसका कोशी प्रदेशका प्रदेश सहमहामन्त्री तथा उर्लाबारीका पूर्व मेयर खड्गबहादुर फागोले वर्तमान परिस्थितिमा सबैजना एक भएर व्यापारीहरुको हकहितमा लाग्न सुझाव दिए ।

कार्यक्रममा राप्रपाका ज्ञानेन्द्र ओली र माओवादीका टेकबहादुर भट्टराईलगायतले गठबन्धनका व्यवसायीहरु समस्त इमान्दारितापूर्वक लागेको खण्डमा जित सुनिश्चित् हुने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय