आगामी भदौ ८ र ९ गते हुन लागेको उर्लाबारी उद्योग वाणिज्य संघको ३६ औँ चुनावी साधारण सभामा उर्लाबारीका युवा व्यवसायी प्रभू दिलुङ्छा राईले उद्योग उपाध्यक्ष पदमा आफ्नो बलियो उम्मेद्वारी प्रस्तुत गरेका छन् ।

उर्लाबारीका जागरुक युवा व्यक्तित्वको रुपमा परिचित राईको उम्मेदवारी घोषणाले उर्लाबारीमा उत्साह छाएको छ।

उर्लाबारीमा प्रभू दिलुङ्छा राई कुनै नौलो नाम होईन । उर्लाबारीमा सार्वजनिक चासोको विषयलगायत विभिन्न विकृती र विसंगतिविरुद्ध खरो रुपमा प्रस्तुत हुदै आएका राई यसपटक वाणिज्य संघमा नतिजामुखी काम गर्न चाहेको बताउछन् ।

उनले तारामान सिरेङ नेतृत्वको लोकतान्त्रीक समावेशी व्यवसायी साझा गठबन्धनको तर्फबाट उद्योग उपाध्यक्ष पदमा उम्मेद्वारी दिएसँगै उनको जित पक्का भएको व्यपारीहरु बताउछन् ।

आफ्नो प्यानलको घोषणापत्रका अलवा संघलाई प्रविधिमैत्री बनाउने, व्यापारीले भोग्दै आएका समस्या र सास्तीको अन्त्य गर्ने, दलीय स्वार्थ नराखी विशुद्ध जनता र व्यपारीको पक्षमा काम गर्ने, उद्योग र वजारीकरणको अवस्था बारे रिसर्च गर्ने र सम्भावना बारे जानकारी दिन प्रोत्साहनमुलक अर्धवार्षिक रुपमा ‘जर्नल’को प्रकाशन गर्ने
, पुराना व्यवसायीलाई सम्मान र नयाँलाई प्रोत्साहन गर्नेलगायतका रचनात्मक कार्य गर्ने उनको योजना रहेको छ ।

भाद्र ९ गते हुने उर्लाबारी उद्योग वाणिज्य संघको ३६औं चुनावी सभामा राईले उद्योग उपाध्यक्ष पदमा उठ्ने घोषणा गरेसँगै व्यापारी र व्यवसायी वृत्तमा चर्चा र उत्साह छाएको छ।

युवादेखि वृद्धसम्म, फुटपाथका साना व्यापारीदेखि ठुलासम्म उत्तिकै चर्चित र लोकप्रिय देखिएका राईको उम्मेद्वारी प्रतिष्ठाको विषय बनेको छ।

यस्तो छ प्रभू राईको पारिवारीक र सामाजिक पृष्ठभुमी:
उर्लाबारी वडा नम्बर ३ मंगलबारेस्थित न्यु दिलुङ्छा ज्वेलरीका संचालक राईसँग शैक्षिक , खेलकुद, सहकारी, सडक स्तरोन्नती, विभिन्न अभियानलगायत दर्जन बढी सामाजिक अभियान र सामाजिक संघसंस्थामा काम गरेको कार्यअनुभव छ।

यस्तै उनीसँग भारतिय सेना र सीसेल्स प्रहरीमा लामो समय नेतृत्वदायी भुमिकामा रहि कार्य गरेको अनुभव समेत छ ।

आमा सावित्रा देवी राई राईको कोखबाट वि.सं. २०३८ साल कार्तिक ५ गते भोजपुर जिल्लाको आम्तेकमा जन्मिएका राई वि.स.२०४५ सालमा बसाँइ सरेर उर्लाबारी वडा नम्बर ६ गोपाल चोकमा आएका थिए । पुर्खाको खेतीकिसानी पेसा अँगालेको राईको परिवारमा बुबा नेपाल प्रहरीमा आबद्ध थिए । बुबा मानबहादुर राईको मार्गदर्शनबाट प्रेरीत भई उर्लाबारस्थित नेपाल दर्शन कलेजमा १२ कक्षामा अध्ययन गर्ने क्रममा उनी भारतिय सेनामा भर्ती हुनपुगे ।

१० वर्ष सेनामा काम गरी स्वईच्छिक अवकाश लिई उनी पुन: नेपाल फर्किएर कृषी पेशामै आबद्ध हुनेक्रममा वि.सं‍. २०६९ सालमा सीसेल्स पुलिस फोर्समा ३ वर्ष नेतृत्वदायी भुमिकामा रहि काम गरेका थिए । त्यसपछि उनी वि.सं. २०७२ सालको भुकम्पछि पुन: नेपाल फर्किएर सुनचाँदी व्यवसायमा आबद्ध भएका थिए ।

उनले मंगलबारे चोकमा संचालनमा ल्याएको उक्त ज्वेलरीमार्फत आफ्नो व्यवसायलाई अघी बढाउने कार्यमा लागि परिरहे ।

राईको विकृती र विसंगतिविरुद्ध खरो रुपमा उत्रीने प्रवृत्तीले उनलाई उर्लाबारी – मधुमल्ला सडकको स्तरोन्नती गर्न अग्रसर बनाएको थियो । सो सडक पुन:निर्माणको लागि दबाब सिर्जना गराउदै एक अभियान नै चलाएर आन्दोलनको अगुवाई गरेका राई पटकपटक सरोकारवाला निकायसँग पुगेका थिए । समग्र उर्लाबारीको व्यपार बढाउने मुख्य सडक नै उर्लाबारी -मधुमल्ला सडक रहेको औँल्याउदै उनले विभिन्न सामाजिक व्यक्तिहरुको समर्थनमा सो अभियान सफल बनाए । अहिले सो सडक पुन:निर्माण भएको छ । अहिले मधुमल्ला र उर्लाबारीबिच सहज रुपमा व्यपारीक गतिविधी भैरहेका छन् ।

यस्तै उर्लाबारी वडा नम्बर ३ मंगलबारेमा रहेको एक सहकारीलाई नेतृत्व गरेर उनले धरासयी हुनबाट बचाएका छन्। निलम बचत तथा ऋण सहकारी संस्थामा राईसहित अन्य युवाहरुको नेतृत्वदायी भुमिकाले अहिले सो सहकारी चलायमान छ । राई उक्त सहकारीको वर्तमान अध्यक्ष समेत हुन् ।

यसकाअलवा वडा नम्बर ६ मै मात्र सिमित सामुदायिक विकास मञ्चको गरिमालाई बढाउन उनकै संयोजकोत्वमा उर्लाबारी रन आयोजना गरियो । सो रनमा देशकै टप रनरहरुको सहभागीता भएसँगै हाल उक्त रनको गरिमा समेत चुलिदो छ । यसको श्रेय समेत राईलाई नै जाने मञ्चका एक सदस्य बताउछन् । हाल उर्लाबारी रन सातौँ संस्करणको तयारीमा छ।

यस्तै उनले उर्लाबारीमा उर्लाबारी रनर ग्रुपको नेतृत्वदायी भुमिका निभाउदै हाल उर्लाबारीमा ४० भन्दा बढि धावकहरु उत्पादन गरिसकेका छन् । धरान रन, भोजपुर रनलगायतका दर्जनौँ बढि रनमा उनले उर्लाबारीबाट प्रतिनिधित्व गराउदै आएका छन्।

यसकाअलवा राईको नाम शैक्षिक क्षेत्रमा समेत उतिकै चर्चित छ । मंगलबारेस्थित दुर्गा माविको अभिभावक संघको संयोजक भई रचनात्मक कार्यहरु गराउदै आएका छन् । उनी विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गराउन उत्साहित भई लागि पर्दै आएका छन् ।

यस्तै राईको नाम सडक सरसफाई अभियान, सडक बत्ती जडान अभियान, देवेन्द्र तामाङ बचाउ अभियानलगायतका दर्जन बढि सामाजिक अभियानहरुमा सकृय भई लागि पर्दै आएका छन् । उसो त उनी किराँत राई यायोख्यामा पनि उतिकै सकृयता छन् । उनी किराँत समुदायको उत्थानको लागि सकृय रुपमा खट्ने एक ‘किराँती योद्धा’ समेत हुन् ।

यता व्यापारिक भिजन र मिसनप्रति दख्खल भएका राईको सञ्चार माध्यमदेखि सामाजिक सन्जाल भरी चर्चा चुलिदो छ।

एक स्रोतकाअनुसार यसपटक निर्वाचनमा मतदानको अधिकार पाउने १ हजार २ सय १२ जनामध्ये प्रभू राईको पक्षमा ७ सय बढि मत खस्ने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय