नेकपा एमाले उर्लाबारी नगर कमिटीको ईन्चार्जमा भिष्मा रेग्मी चयन भएकी छिन् । अखिल नेपाल महिला संघ मोरङ जिल्ला अध्यक्ष समेत रहेकी उर्लाबारी वडा नम्बर ४ निवासी रेग्मीलाई एमाले कोशी प्रदेश कमिटीको चौथो बैठकले गत भदौ १० गते प्रदेश सदस्यमा मनोनित गरेको बताईएको छ ।

यसैबिच प्रदेश कमिटीको सो बैठकको निर्णअनुसार अध्यक्ष घनश्याम खतिवडाले एक सर्कुलर जारी गर्दै रेग्मीलाई उर्लाबारी नगर कमिटीको ईन्चार्जको जिम्मेवारी दिईएको बताईएको छ ।

यस्तै अध्यक्ष खतिवडाद्वारा जारी सर्कुलरअनुसार उर्लाबारी वडा नम्बर ४ निवासी प्रदेश कमिटी सदस्य ज्योती चौहानलाई प्रदेश कमिटीअन्तर्गत युवा तथा खेलकुद विभागको उपप्रमुखको जिम्मा दिईएको हो । त्यस्तैगरी प्रदेश कमिटीका सदस्य योगेश बस्नेतलाई खोलकुद महासंघ कोशी प्रदेश कमिटीको संयोजकको जिम्मेवारी दिईएको बताईएको छ।

यस्तै वडा नम्बर ५ निवासी भुपाल जिमीलाई एमाले मोरङ क्षेत्र नम्बर १(१) को ईन्जार्जको जिम्मेवारी दिईएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय