
उर्लाबारी नगरपालिकाले डेँगु लार्भा खोज, नष्ट तथा सचेतना अभसयान सुरु गरेको छ । बुधबार वडा नम्बर ३ मंगलबारेस्थित थापा चोकबाट सो अभियान सुरु गरिएको वडाध्यक्ष भिष्मराज बुढाथोकीले बताए।
उनकाअनुसार अभियानको पहिलो चरणअन्तर्गत थापा चोकका पानी जम्ने क्षेत्र, टायर पसल अगाडी र नालामा सरसफाई गरि डेँगु लार्भा नष्ट एवम् कीटनाशक औषधी छर्किएको थियो । यस्तै उनले डेँगु रोग ,लक्षण र उपचारको विषयमा स्थानियलाई सचेतना समेत गराईएको बताए ।




सो अभियानमा वडास्थित वडा स्वास्थ्य व्यवस्थापन समिती, टोल विकास संस्था, अस्थाई प्रहरी चौकी मंगलबारे, जनप्रतिनिधीसहित स्थानियको सकृय सहभागिता रहेको थियो ।
यस्तै वडाध्यक्ष बुढाथोकीले वडाभित्रका डेँगु जोखिम क्षेत्रहरुको पहिचान गरि नियमित रुपमा सो अभियानअन्तर्गत लार्भा नष्ट गरी औषधी छर्किने जानकारी दिए ।
नगरप्रवक्ता समेत रहेका बुढाथोकीले गर्मी मौसममा डेँगुको संक्रमण बढ्ने बताउदै नगरपालीकाले ३ नम्बर वडाबाट डेँगु लार्भा खोज, नष्ट तथा सचेतना अभियान संचालन गरिएको बताए।