![](https://purbipress.com/wp-content/uploads/2024/08/IMG-20240831-WA0003.jpg)
उर्लाबारीमा यही भदौ २० गतेदेखी प्रथम चाँदनी खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
उर्लाबारी वडा नम्बर २ तिनघरेस्थित चाँदनी युवा क्लवको आयोजनामा संचालन हुने सो प्रतियोगितामा मोरङका विभिन्न पालीकाहरुका १६ वटा क्लवको सहभागिता रहने आयोजक क्लवका अध्यक्ष अनिल राईले बताए ।
![](https://i0.wp.com/purbipress.com/wp-content/uploads/2022/09/82428890_183109713089803_2981608817059430400_o-1.jpg?fit=960%2C120&ssl=1)
![](https://i0.wp.com/purbipress.com/wp-content/uploads/2022/09/poudel.gif?fit=1200%2C111&ssl=1)
![](https://i0.wp.com/purbipress.com/wp-content/uploads/2022/08/chadani-mobile.gif?fit=1200%2C111&ssl=1)
![](https://i0.wp.com/purbipress.com/wp-content/uploads/2023/10/hotel-grand-url.jpg?fit=1536%2C461&ssl=1)
‘लागुऔषधलाई छोडौं, युवाहरुलाई फुटबलको मैदानमा जोडौं’ भन्ने मुल नाराका साथ सो प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष राईले बताए । उनकाअनुसार पछिल्लो समय ग्रामीण भेगमा युवाहरु लागुऔषध र दुर्व्यसनीमा फस्ने गरेको पाईएपछि युवाहरुलाई फुटबलको माध्यमबाट लागुऔषधमुक्त बनाउने अभियानका साथ खेलकुदमा जोड्न खोजिएको हो ।
वडास्थित तिनघरे खेल मैदानमा हुने सो प्रतियोगिताको विजेताले ३० हजार , उपविजेताले १५ हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएको छ ।
यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी, हाई स्कोरर, वेष्ट गोल किप्पर, वेष्ट डिफेन्डर, म्यान अफ दी म्याचलगायतका विधाहरुमा खेलाडीलाई सम्मानित गरिने क्लवका सल्लाहकार नरबहादुर धिमालले जानकारी दिए ।
वडा नम्बर २ निवासी युवा (हाल ईजरायल) कृष्ण लिम्बुको मुख्य प्रयोजन रहने सो प्रतियोगिताको फाईनल खेल आगामी भदौ २९ गते हुने आयोजकले जनाएको छ।
यस्तै सो प्रतियोगिताको सह-प्रायोजक ईजरायलको ईएससी राईजीङ् स्टार फुटबल क्लव रहेको बताईएको छ।
सो प्रतियोगिता संचालनको लागि करिव ३ लाख खर्च हुनसक्ने आयोजकले बताएको छ । आयोजक क्लवका अध्यक्ष राईकाअनुसार प्रतियोगिता संचालनको लागि वैदेशीक रोजगारीमा विदेशीएका स्थानिय युवाहरुसँग आर्थीक संकलन गरिएको छ । यस्तै स्थानिय सामाजिक संस्थाहरुसँग समेत सहयोग संकलन गरिएको उनले बताए।
यता वडा नम्बर २ का वडाध्यक्ष राजनकुमार कडेँलले युवाहरुलाई लागुऔषधमुक्त बनाउने लक्ष्यका साथ आयोजना गरिने सो प्रतियोगिताको तारिफ गर्दै वडाको तर्फबाट खेल सामाग्री उपलब्ध गराउने बताए।
यसैबिच सो प्रतियोगिताको उद्घाटन खेल भदौ २० गते बिहिबार पथरीशनिश्चरे नगरपालिकास्थित क्रिर्तीपुर फुटबल क्लव र आयोजक चाँदनी युवा क्लवबिच दिउसो २:३० बजेदेखी संचालन हुने आयोजकले बताएको छ ।