उत्तरी मोरङको लेटाङ नगरपालिका वडा नं.८ जाँते बजार देखि ५०० मिटर माथि टेक्रा मिनि महोत्सव २०७९ सुरु हुने भएको छ।
आज फागुन २४ गते बुधबार देखि सुरु हुने सो महोत्सवमा साँस्कृतिक,पर्यटन प्रवर्द्धन तथा विभिन्न जातजातिका सँस्कृती सहित रास्ट्रीय स्तरका कलाकार तथा स्थानिय कलाकारहरुको समेत प्रस्तुति रहने आयोजक समितीका अध्यक्ष टंक चेम्जोङले बताएका छन।
१० दिन सम्म रहने महोत्सवका आकर्षणहरुमा बालबालिकाहरुका लागि विभिन्न खेल तमासा सहित नौका,रोटे पिङ लगायत मनोरञ्जनात्मक खेल हरु रहने चेम्जोङले जोड दिनु भयो।