कोशी प्रदेश सभाकी सांसद शोभा पालुङ्वाले मंगलबारे फुटबल क्वललाई फुटबल जर्सी सहयोग गरेकी छिन् । शनिबार उर्लाबारी-३ सालबारीस्थित प्रस्तावित रङ्गशालामा एक कार्यक्रमबिच सांसद पालुङ्वाले क्लबलाई २२ थान जर्सी हस्तान्तरण गरेकी छिन् ।
उक्त अवसरमा आफ्नो मन्तव्य राख्ने क्रममा प्रदेश सांसद पालुङ्वाले स्थानिय स्तरबाट खेलाडि उत्पादन र प्रवर्द्धनको लागी प्रदेश सरकारबाट विभिन्न कार्यक्रमहरु ल्याउने प्रतिबद्धता व्यक्त गरीन् । उनले पछिल्लो समय खेलाडिहरु विदेश पलायन हुनुपरेकोमा दु:ख व्यक्त गर्दै खेलकुदमा खेलाडिहरुको भविश्य सुरक्षित बनाउन प्रदेश सभामा नयाँ निति तथा कार्यक्रमहरु माग गर्ने बताइन् ।
खेलकुद सामाग्री अभावका बाबजुद नियमित ५२ जना खेलाडिहरुलाई प्रशिक्षण गराउदै आएको उक्त क्लवलाई यसअघि नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधी तथा पूर्व वडा सदस्य सोमप्रसाद तिम्सिना( राम) ले २ थान फुटबल उपलब्ध गराएका थिए ।
यसैबिच क्लवका प्रशिक्षक सन्तोष न्यौपानेले आईतबार चुलाचुली -३ दुम्सेस्थित प्रस्तावित मदन भण्डारी रंगशालामा आयोजित दोस्रो चुलाचुली कप २०८० मा मंगलबारे क्लव सहभागी हुने जानकारी दिए । उनले समिर तामाङ्को कप्तानीमा २२ जनाको टिम सेट तयार भएको जानकारी दिए ।
क्लवका प्रशिक्षक सनम भुजेलका अनुसार प्रतियोगीताको डिफेन्डिङ् च्याम्पियन समेत रहेको मंगलबारे फुटबल क्लवले भोली इष्ट स्टार स्पोटिङ् क्लव मिक्लाजुगसँग प्रतिश्पर्धा गर्नेछ ।