
स्वतन्त्र विद्यार्थी युनियन उर्लाबारी बहुमुखी क्याम्पसको आयोजनामा विद्यार्थी स्वागत तथा तिज विषेश कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार बिहान क्याम्पसको प्राङ्गणमा आयोजित एक भव्य समारोहबिच कक्षा ११ का १ सय ८ जना नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत एवम् छात्राहरुको लागि तिज विषेश कार्यक्रम सम्पन्न भएको छ।




कार्यक्रमकी प्रमुख अतिथी क्याम्पस संचालक समिती सदस्य गिता अधिकारीले स्वागत मन्तव्य राख्ने क्रममा क्याम्पसले कम शुल्कमा गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको बताउदै उनले उर्लाबारी क्याम्पसबाट पास आउट भएर निस्कने विद्यार्थीहरु क्षमतावान् हुने बताईन् ।
उक्त अवसरमा स्ववियु अध्यक्ष विवेक कार्कीले आफ्नो स्वागत मन्तव्य राख्ने क्रममा विद्यार्थीहरुलाई निर्धक्क भएर अध्ययन गर्न सुझाउदै आफु सदैव विद्यार्थीहरुको पक्षमा रहेको बताए । उनले विद्यार्थीहरुको क्षमता अभिवृद्धी गराई उत्पादनमुखी शिक्षामा स्ववियुले ध्यान दिएको बताउदै उनले विद्यार्थीहरुलाई आत्मनिर्भर र स्वावलम्बि बनाउन स्ववियुले कार्य योजनाहरु अघि सारेको बताए ।
यस्तै कार्यक्रममा क्याम्पस संचालक समिती सदस्यहरु दिलु लिङ्देन , मुक्ती न्यौपाने, रमेश श्रेष्ठ, मिन प्रसाद दाहाल, सहायक क्याम्पस प्रमुख अम्बिका गौतम, विद्यार्थी नेता सुजित जैश्वाललगायतले स्वागत मन्तव्य राखेका थिए ।
यसैबिच उक्त अवसरमा स्ववियुले क्यान्सर पिडित २ वर्षिया एक शिशुको परिवारलाई आर्थिक सहयोग गरेको छ। शरिरको विभिन्न भागमा ट्युमर भई क्यान्सर लागेकै अवस्थामा जन्मेकी मिकलाजुङ् -१ का विमल राईकी २८ महिनाकी छोरी सेजल राईको उपचारमा स्ववियुको अगुवाईमा सहयोगार्थ संकलित ५ हजार ३ सय ५० रुपैयाँ नगद सहयोग गरिएको हो । उक्त रकम सेजलकी आमा निशा राईलाई स्ववियु अध्यक्ष कार्की सहित विद्यार्थी नेता सुजित जैश्वाललगायतले हस्तान्तरण गरेका थिए ।
स्ववियु अध्यक्ष विवेक कार्किको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा क्याम्पस संचालक समिती सदस्य प्रेम डाँगी, तेजकुमारी कार्कि, विद्यार्थी नेता नितेश तिम्सिना, थानेश्वर दाहाल, तिलक पौडेल लगायतको आतिथ्यता रहेको थियो ।
सो कार्यक्रममा स्ववियु सदस्य कहाना विकले स्वागत मन्तव्य राखेकी थिईन् भने स्ववियु सदस्यहरु एलिना र विनीता गौतमले कार्यक्रमको संचालन गरेका थिए ।