
उर्लाबारी -३ दुर्गा चोकस्थित दुर्गा माध्यमिक विद्यालयमा शुक्रबार ५९ औँ वालदिवसको अवसरमा नगरस्तरीय वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा उर्लाबारीका निजि तथा संस्थागत विद्यालय र सामुदायिक विद्यालयका गरी जम्मा १४ वटा विद्यालयका विद्यार्थीहरु सहभागी भएका थिए ।




कार्यक्रममा मेयर खरेलले शुभकामना मन्तव्य राख्ने क्रममा विद्यालयलाई शैक्षिक र भौतिक रुपमा गुणस्तरीय बनाउन उर्लाबारी नगरपालिका सधैँ तयार रहेको बताए । उनले उर्लाबारीका सबै विद्यालयहरुमा शिक्षक र विद्यार्थीले प्रयोग गर्ने शौचालय र धारा फरकफरक हुने गरेको समस्या यावत रहेको हुँदा यसले राम्रो सन्देश नजाने भएकाले तत्काल सुधार गर्न सुझाव दिए । यस्तै उनले विभिन्न आन्दोलनका नाममा विद्यालय बन्द गरेर पठनपाठन ठप्प पारी अनावश्यक रुपमा विद्यार्थी र अभिभावकहरुलाई मारमा पार्ने काम कसैलाई पनि नगर्न सुझाव दिएका छन् । उनले सामुदायिक विद्यालयको समग्र विकास र गुणस्तरमा थप वृद्धि गर्न विद्यालय व्यवस्थापन समिति बढि सकृय हुनुपर्ने बताए । उनले गुणस्तर वृद्धिका लागी शिक्षक र व्यवस्थापन समितिसँग कार्य योजनाहरु पेश गर्न अनुरोध गरेका छन् ।
यस्तै उनले विद्यार्थीलाई दिइने दिवा खाजामा जङ्क फुड प्रतिबन्ध लगाएको बताउदै बाल कक्षाहरुलाई व्यवस्थित बनाउन आवश्यक सामाग्रीहरु उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।
कक्षा ६ देखी ८ सम्मका निम्न माध्यमिक तहका विद्यार्थीहरुलाई एक समुह र कक्षा ९ देखी १० सम्मका माध्यमिक तहकालाई अर्को समुह गरि दुई समुहमा उक्त प्रतियोगिता संचालन गरिएको थियो ।
निमावि तर्फबाट सान्त्वना पुरस्कार सारदा माविकी आयुषा माझी , तेस्रो विद्याज्योति बोर्डिङ् स्कुलका युदिन खतिवडा , दोस्रो नेपाल आदर्शकी निपेक्षा कोईराला र पशुपति आ.मा.विकी तृप्ती भण्डारी प्रथम भएकी थिइन् ।
यस्तै मा.वि.तर्फबाट सान्त्वना पुरस्कार नेपाल दर्शन मा.वि. की अदिती सापकोटा , तेस्रो सारदा मा.वि. की बिनिता दंगाल , दोस्रो दुर्गा मा.वि .का मिलन दाहाल र पशुपति आ.मा.वि.की आयुसा खनाल प्रथम भएकी थिइन् ।
उनीहरुलाई नगद र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।कार्यक्रममा विद्यार्थीहरुको गायन ,नृत्य विभिन्न प्रतिभाहरुलाई जोडिएको थियो ।
यस्तै उक्त अवसरमा वडा नम्बर ३ का वडाध्यक्ष भिष्मराज बुढाथोकी, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष पारसमणी कुइँकेल, प्रतिनिधि शिक्षक, संचालक समितिका सदस्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
यसैगरी विद्यालयको तर्फबाट प्रधानाध्यापक शारदा पाण्डे कार्कीले विद्यालयको भौतिक अवस्था जटिलताका बाबजुद कार्यक्रम आयोजना गर्न सक्नु एक सुखद पक्ष रहेको बताउदै उनले सहभागी जनाउने सम्पुर्ण विद्यालयहरुप्रति धन्यवाद व्यक्त गरीन् । यस्तै उनले विद्यालयलाई उर्लाबारीकै नमुना विद्यालय बनाउन स्थानिय सरकार र जनप्रतिनिधिहरुसँग सहयोगको अपेक्षा राखेको बताएकी छिन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पारसमणी कुइँकेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडाध्यक्ष बुढाथोकीसहित उर्लाबारी नगरपालिकाका शिक्षा तथा खेलकुद शाखाका अधिकृत अशोक घिमिरे , अस्थाई प्रहरी चौकी मंगलबारेका ईन्चार्ज असई हेमनारायण यादव लगायत विद्यालय व्यवस्थापन समितिका सदस्यहरु सोमप्रसाद तिम्सिना(राम), कल्पना नाल्बो, महेन्द्र तामाङ लगायत स्थानिय समाजसेवीहरुको आतिथ्यता रहेको थियो ।
विद्यालयका शिक्षक सम्भु बराइलीले संचालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य सहायक प्रधानाध्यापक श्रीप्रसाद न्यौपानेले राखेका थिए ।