उर्लाबारी-३ मंगलबारेस्थित सुनपकुवा स्वावलम्बी बचत तथा ऋण सहकारी संस्थाको ३० औँ वार्षिक साधारणसभामा सम्पन्न भएको छ ।

उर्लाबारी–२स्थित सुनपकुवा माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि संस्थाका प्रमूख सल्लाहकार डिल्लीराम सापकोटाले शेयर सदस्यहरुको हितमा रहेर सहकारी अघि बढेको बताउदै उनले गाउ गाउका विपन्न, पिछडिएका विभिन्न जातजातीका व्यक्तिहरुलाई सहकारीसँग जोड्ने अभियानमा सुनपकुवा साकोसले सफलता हासिल गरेको बताए ।

यस्तै उनले सुनपकुवा साकोस स्थापना कालदेखी नै बचत तथा ऋणको कारोबारमा मात्र सीमित नरही शेयर सदस्यहरुलाई स्वावलम्बी बनाउने तर्फ उन्मुख भएर अघि बढेको बताए ।

उक्त सहकारीले साधारणसभाको अवसरमा विभिन्न क्षेत्रमा योगदान गर्ने शेयर सदस्यलगायत कर्मचारीलाई कार्तिक २५ गते संस्था स्थापना दिवसको अवसरमा सम्मान गर्ने घोषणा गरेको छ । यसरी सम्मानित हुनेहरुमा विभिन्न विधातर्फ एकल महिला, जेष्ठ नागरिक, कारोबार बचत, दैनिक बचत र उत्कृष्ट ऋणीमा १०÷१० जना , बाल बचत र जेष्ठ नागरिकमा ५÷५ जना, उत्कष्ट विद्यार्थीमा २ जना, सफल उद्यमी र उत्कृष्ट कर्मचारीमा १÷१ जनालाई सम्मानित गरिने जनाईएको छ ।

साधारणसभामा अध्यक्ष हेमचन्द्र थापाले अध्यक्षको प्रतिवेदन र नीति तथा कार्यक्रम, सचिव रविन भट्टराईले कार्यप्रगति प्रतिवेदन, कोषाध्यक्ष राजेन्द्र आचार्यले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिती संयोजक गोविन्दप्रसाद खतिवडाले लेखा तथा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारणसभामा प्रस्तुत प्रतिवेदनमा ४ करोड २४ लाख ७ हजार ८ सय रुपैयाँ सेयर पुँजी रहेको उक्त सहकारीको बचत २८ करोड ५८ लाख ८४ हजार ४ सय ८७ रुपैयाँ रहेको जनाईएको छ । यस्तै सहकारीको शुद्ध बचत (नाफा)१ करोड १५ लाख २९ हजार ६ सय ५५ रुपैयाँ रहेको छ ।

सबै प्रतिवेदन सुझावसहित पारित भएको संस्थाका संचालक समिति सदस्य अभिशेख पोख्रेलले जानकारी दिए ।

यस्तै उक्त अवसरमा नेपाल रेडक्रस सोसाईटी उर्लाबारी उप-शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम समेत सम्पन्न भएको साकोसका व्यवस्थापक अभिमन्यु अर्यालले जानकारी दिए । रक्तदानमा ८ जना महिला र २६ जना पुरुषसहित जम्मा ३४ जना सहभागी भएको अर्यालले जानकारी दिए ।

संस्थाका अध्यक्ष हेमचन्द्र थापाको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उर्लाबारी–२ का वडाध्यक्ष राजन कुमार कडेँल, संस्थाका पूर्व अध्यक्ष, पूर्व लेखा संयोजक लगायतको आतिथ्यता रहेको थियो ।

वि.सं. २०५० सालमा स्थापित उक्त सहकारीमा हाल १ हजार १ सय ९३ जना बाल सदस्यसहित जम्मा ५ हजार ७ जना सदस्यहरु रहेका छन् ।

सो कार्यक्रम संस्थाका सचिव रविन भट्टराईले संचालन गरेका थिए भने स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष तिलादेवी खतिवडाले राखेकी थिईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय