नगरकै गौरवको योजनाका रुपमा रहेको ‘बक्राहा विष्णु गंगा घाट’ संचालन का लागि गठित तदर्थ समितिले औपचारिकता पाएको छ ।

विहिबार उर्लाबारी – ५ स्थित बौद्ध गुम्बा परिसरमा ‘बक्राहा विष्णु गंगा घाट नेपाल’को प्रथम साधारणसभा सम्पन्न भएको छ ।

उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलले प्रथम साधारणसभाको समुद्घाटन गरे । महेन्द्रजंग तामाङको अध्यक्षतामा २१ सदस्यीय समिति चयन गरिएको छ । जसमा उपाध्यक्ष केदारनाथ खतिवडा, सचिव मनोरथ भण्डारी, सहसचिव लेखनाथ खनाल तथा कोषाध्यक्षमा यमुना राईलाई पुन चयन गर्दै साधारणसभा सम्पन्न गरिएको निर्वाचन समिति संयोजक पदमबहादुर गौतमले जानकारी दिए ।

कार्यक्रममा मन्तव्य राख्दै मेयर खरेलले बक्राहा विष्णु गंगा घाटलाई पर्यटकीय धामका रुपमा विकास गरिने बताए । घाटको दीर्घकालीन महत्व, स्वरुप र औचित्यबारे मेयर खरेलले प्रकाश पारेका थिए ।

उर्लाबारी ४ स्थित बक्राहा खोला पुलबाट करिब ७ सय मिटर उतरमा अत्याधुनिक पूर्वाधारसहितको घाट निर्माणधीन अवस्थामा रहेको छ ।

कार्यक्रममा उर्लाबारी वडा नम्बर ४ का वडाध्यक्ष कल्याणकुमार राईले पनि मन्तव्य राखेका थिए ।

नरमाया खनालले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा घाट समितिका सचिव मनोरथ भण्डारीको संचालन तथा महेन्द्रजंग तामाङले सभापतित्व ग्रहण गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय