उर्लाबारीस्थित आईजोन ईन्टरनेटले बडा दशैँ २०८० को उपलक्ष्यमा ‘बडा दशैँ बडा अफर’ प्याकेज सार्वजनिक गरेको छ । आईतबारदेखी सुरु गरिएको उक्त प्याकेज खरिदमा ग्राहकलाई १ लाख सम्मको नि:शुल्क जिवन बिमा प्रदान गरिने कम्पनीका कार्यकारी निर्देशक नविन श्रेष्ठले जानकारी दिए ।

यस्तै उनले प्रति महिना ६ सय ६६ रुपैयाँ मै उपलब्ध गराईने १सय एम.बि.पि.एस.को प्याकेजमा ५जि. राऊटर उपलब्ध गराईनुका साथै जडान शुल्क समेत नि:शुल्क गरिएको छ जनाए ।

पूर्व क्षेत्रकै पुरानो र गुणस्तरिय ईन्टरनेट सेवा प्रदान गर्दै आएको उक्त ईन्टरनेट सेवा प्रदायक कम्पनीले कोशी प्रदेशको ईलाम,झापा,मोरङ् र सुनसरी जिल्लामा सेवा विस्तार गरिसकेको छ ।

बिहान, दिउसो र रात्रीकालीन गरी तिन प्रकृतिको कार्यतालिकाअनुसार २४ सै घण्टा फोन कलमा ग्राहक सेवा उपलब्ध गराउदै आएको उक्त कम्पनीमा ग्राहक सन्तुष्टि दर ९५ प्रतिशत रहेको कम्पनीका रिकोभरी तथा मानव शंसाधन विभाग प्रमुख निर्मल श्रेष्ठ बताउछन् ।

उक्त अफर सिमित अवधिको लागी मात्र भएकोले लिन ईच्छुक महानुभावहरुले 9801453157 मा सम्पर्क गर्न या उर्लाबारी-५ स्थित कम्पनीको कार्यालयमै सम्पर्क राख्न सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय