उर्लाबारी-३ मंगलबारेस्थित प्रस्तावित सालबारी रंगशालामा जारी प्रथम वडा स्तरीय भेट्रान च्यालेन्ज कप २०८० को फाईनल खेलको उपाधि वडा नम्बर ९ ले उचालेको छ ।
वडा नम्बर २ र ९ का भेट्रान टिमबिच आज भएको फाईनल खेलमा ३-० को फराकिलो अन्तरले वडा नम्बर ९ को भेट्रान टिम च्याम्पियन बनेको हो ।
जितसँगै उसले ३० हजार नगद सहित ट्रफि ,मेडल र प्रमाणपत्र हात पार्न सफल भयो ।
जितको लागी वडा नम्बर ९ का उत्तम लिम्बूले पहिलो हापको १९औँ मिनेटमा र दोस्रो हापको ७ औँ मिनेटमा लालमन गुरुङले १÷१ गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए । यस्तै दोस्रो हापको २२औँ मिनेटमा लिम्बूले पुन:१ गोल गरेर आफ्नो टिमको जित सुनिश्चित गराएका थिए ।
त्यसैगरी उपविजेता बनेको वडा नम्बर २ को भेट्रानले २० हजार नगद सहित ट्रफि,मेडल र प्रमाणपत्रमा चित्त बुझाएको थियो ।
गत असोज २६ गतेदेखी सुरु भएको सो प्रतियोगिताको उत्कृष्ट खेलाडि वडा ९ का भेट्रान मानुु थापा घोषित भए । यस्तै वडा नम्बर ९ भेट्रान टिमका विनोद गौतम, उत्तम लिम्बू र निशान जंग बस्नेत क्रमश: उत्कृष्ट गोल किपर, हाई स्करर र वेष्ट कोज घोषित भए ।उनिहरुलाई ट्रफि र प्रमाणपत्रले कार्यक्रमका प्रमुख अतिथी वडा नम्बर २ का वडाध्यक्ष राजनकुमार कडेँलद्वारा सम्मानित गरिएको थियो ।
मंगलबारे भेट्रान क्वलद्वारा आयोजित सो प्रतियोगितामा उर्लाबारीका ९ वटै वडाका भेट्रान टिमहरुको सहभागीता रहेको थियो ।
वडा नम्बर २ को मुख्य प्रायोजन रहेको उक्त प्रतियोगिता संचालनको लागी देशविदेशबाट आर्थिक सहयोग संकलन गरीदै आएको थियो ।