दिलीप पोखरेल/ उर्लाबारी

उर्लाबारीमा चोरीका घट्नाहरू बढ्न थालेका छन् ।चाडपर्वको मौका छोपेर दिउँसै घरबाट चोरी हुन थालेको हो । उर्लावारी-४ आइतबारेमा मात्रै स्थानीयको घरबाट सोमबार बाइक चोरी भएको छ ।नगरपालिकाको कार्यालयदेखि पूर्वमा अवस्थित के.डि. मुर्तीकला छेउको एक घरको कोठा भाडामा लिएर बस्दै आएका यज्ञराज उपाध्यायको मोटरसाइकल चोरी भएको हो ।चेनगेट र चाबी लगाएर घरभित्रको प्यासेजमा राखिएको प्र.३ ०२-००४प ८८८७ नम्वरको २०० सिसिको कालो रङ्गको आप्पाची बाईक चोरी भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीका इन्सपेक्टर देबेन्द्र दासले जानकारी दिए । दासले भदौ ६ गतेदेखि उर्लाबारी प्रहरीको कमान्ड सम्हालेपछिको मोटरसाइकल चोरीको घटना यो पहिलो हो । उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।यसअघि दसैंको मौका छोपेर उर्लावारी-७ दुर्गा टोलमा कार्तिक ७ गते चारवटा घरहरूमा चोरी भएको थियो । स्थानीय यज्ञ सुवेदी, सविना तामाङ्ग, निर्मला काफ्ले र सृष्टिका श्रेष्ठको घरमा दसैंको टिकाकै दिन चोरी हुँदा २ लाख ५० हजार रूपैयाँ सहित करिब २ तोला सुन र ३० तोला चाँदी चोरी भएको थियो ।उक्त घटना भएको दुई हप्ता बितिसक्दा पनि प्रहरीले चोरीमा संलग्नहरुको पहिचान गर्न सकिरहेको छैन ।

यस्तै गत कार्तिक ३ गते बिहान १० बजेको समयमा आईतबारे मलामी चौतारा उत्तरपट्टीको एक घरबाट सुन र चाँदीसहित करिब ३ तोला गरगहना चोरी भएको थियो ।याता प्रहरीले भने सो घटनाको २४ घण्टा नबित्दै चोरीमा संलग्न २६ वर्षिय एक पुरुषलाई गरगहना सहित पक्राउ गरेको थियो । प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान गर्ने क्रममा रगत बान्ता गरेकोले हाल आफन्तको रहोबरमा राखेर थप अनुसन्धान गर्दै आएको प्रहरी निरिक्षक दासले बताए ।ुयता उर्लाबारी प्रहरीले चाडपर्वमा चोरीको घटनाहरु हुन नदिन विषेश सुरक्षा निति अबलम्बन गरेको दाबी गरेको छ । तर प्रहरीको दाबीलाई चाडपर्वको मुखमा यस्ता घटनाहरूले गलत सावित गरिदिएका छन् ।

तस्विर: फायल फोटो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय