
उर्लाबारी वडा नम्बर ३ को एक मात्र सामुदायिक विद्यालयमा स्थानिय युवाहरुले रंगरोगन गरिदिएका छन् ।
सोमबार विद्यालय विदा भएको मौका पारेर युवाहरुले कक्षाकोठामा रंगरोगन गरेका हुन् ।




स्थानिय युवाहरु समिर कुइकेल ,वेदनिधी रिजाल (भेण्डम) , सन्तु लिम्बु, जिवन तामाङ्ग, दिपेश ढुङ्गाना, दिपक खड्का, पंकज ठाकुर, दिलिप राईलगायतको टिमले सोमबार विद्यालयमा रंगरोगन गरेका हुन् ।
यता युवाहरुले स्थानिय विद्यालयलाई माया गरेर आफ्नो जिम्मेवारी महसुस गरि रंगरोगन कार्य गरेकोमा वडाध्यक्ष भिष्मराज बुढाथोकीले उनीहरूको खुलेर प्रशंसा गरेका छन् ।
यस्तै समाजसेवि अर्जुन तुम्रोक र धिमाल जातिय विकास केन्द्र मोरङ जिल्ला सहसचिव सुरेश धिमाललगायत विद्यालयमा उपस्थित भई युवाहरुलाई हौसला प्रदान गर्न पुगेका थिए ।
युवाहरुले आईतबार सम्पन्न धिमाल जातिय विकास केन्द्रद्वारा आयोजित जात्री मेलामा पार्किङ व्यवस्थापनवापत उठेको रकमबाट रंग खरिद गरि श्रमदान सहित आवश्यक रंगरोगन गरेका थिए ।
यसघि गतवर्षको मेलामा समेत उनीहरुले पार्किङ व्यवस्थापनवापत उठेको रकमबाट विद्यालयलाई सहयोग गरेका थिए ।