धरानमा फेला परेकी उर्लाबारीकी बालिका काकासँग सुरक्षित
दिलीप पोखरेल / उर्लाबारी
बुधबार दिउसो करिब ३ बजे धरान उपमहानगरपालिका वडा नम्बर २ भानु चोकस्थित बस स्ड्याण्डमा फेला परेकी उर्लाबारी वडा नम्बर १ लक्ष्मीझारकी १२ वर्षीया सपना लिम्बु आफ्नो परिवारको सम्पर्कमा आएकी छिन् । अहिले उनी धरान वडा नम्बर ५ खैरेनीस्थित आफ्नो काका पवन लिम्बुको घरमा सुरक्षित साथ बसेकी छिन् ।
बालिका फेला पेरेको समाचार प्रकाशन भएपछि उनको परिवारले धरानस्थित आफन्तको रहोबरमा सुरक्षित साथ राखिएको जनाएको छ । सपनाका बुबा पुर्ण बहादुर लिम्बुले फोन सम्पर्कमा कुराकानी गर्ने क्रममाृ छोरी सुरक्षित रहेको बताए । उनले भने,” छोरी धरान पुगेको बारे समाचार पढेपछि मात्र थाहा भयो । मेरो एक भाई धरानमै बस्छन् , उनलाई फोन गरेपछि भाईले वडा प्रहरी कार्यालयबाट लिएर गएका थिए । छोरी अहिले काकाकै घरमा बसीरहेकी छिन् ।”
लक्ष्मीझारस्थित लक्ष्मी मावि कक्षा ६ मा अध्ययनरत सपना गत बुधबार भानुचोकमा फेला परेकी थिईन् । उनलाई स्थानियले उद्धार गरेर वडास्थित प्रहरी कार्यालयमा बुझाएका थिए । सो बेला उनले आफ्नो घर उर्लाबारी- ३ मंगलबारे बताएकी थिईन् ।
यता छोरी कसरी धरान पुगीन् भन्ने सबालमा उनका बुबा पुर्णबहादुर भन्छन्,” छोरी आफ्नो मामाघर संखुवासभा जान भनि एक्लै घरबाट हिडेकी रहेछिन् तर उनी मामाघर नपुगी धरानमै हराएकी रहेछिन् ।”
यस्तै बुधबार फेला परेकी छोरीलाई शनिबारसम्म समेत किन घर नल्याउनुभएको , कतै घरमा कसैले यातना दिएकोले त उनी भागेकी होईनन् नि? भन्ने सवालमा उनका बुबा भन्छन् ,” आफ्नी सानी छोरीलाई किन यातना दिनु र मेले? उनी स्वईच्छाले परिवारमा कसैलाई जानकारी नदिई मामाघर जान भनि हिडेकी रहेछिन् । उनको रहर पुरा गर्नकै लागि पनि मैले भाईलाई मामाघर पुर्याईदिएर मात्र घर ल्याईदिनु भनेको छु । शनिबार उनी मामाघर गएकी छिन् , एक÷ दुई दिन बसेर फर्किन्छिन् । ”
यसैबिच हामीले सपनाका काका पवनसँग फोन सम्पर्क गर्नेक्रममा उनले छोरीको ईच्छाअनुरुप मामाघर पुर्याएर एक÷दुई दिन पछिमात्र घर लगिदिने जानकारी दिए । उनले आफुसँग भतिजी सुरक्षित रहेको स-प्रमाण एक तस्विर पठाउदै छोरीको खोजी कार्यमा सहयोग पुर्याउनुहुने सम्पुर्ण महानुभावहरुमा धन्यवाद व्यक्त गरेका छन् ।