आगामी भदौमा हुन लागेको उर्लाबारी उद्योग वाणिज्य संघको ३६ औँ चुनावी साधारण सभामा उर्लाबारीका व्यवसायी विनोद न्यौपानेले अध्यक्षमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् ।
बुधबार उर्लाबारी वडा नम्बर ५ उर्लाबारी चोकस्थित भु-से-छो होटलमा आयोजित एक कार्यक्रमबिच न्यौपानेले संघको अध्यक्षमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । उनले वाणिज्य संघका पुर्व अध्यक्षहरु क्रमश: तेजकुमार रिजाल, कल्याण राज भण्डारी , प्रेम वाहेती, भोलामान श्रेष्ठ, केशव कार्की र प्रितम खड्गीको रहोबरमा आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् ।
सो अवसरमा पुर्व अध्यक्ष रिजालले २० वर्षदेखी उर्लाबारीमा व्यपारीक गतिविधी चलायमान बनाउन र व्यपार स्थापित गराउन महत्वपुर्ण भुमिका खेल्दै आएका एक शालिन र इमानदार व्यक्तिलाई जिताउन खुलेर लागिपर्नुपर्ने बताए । यस्तै अन्य वक्ताहरुले समेत न्यौपानेले वाणिज्य संघमा विभिन्न पदमा रहेर आफ्नो सफल कार्यकौशुलता देखाएको औल्याउदै उनलाई जिताउनको लागि आह्वान समेत गरेका छन्।
कार्यक्रममा वाणिज्य संघका पुर्व महासचिव चन्द्र भट्टराई, पुर्व वाणिज्य उपाध्यक्ष सचिन शाख्य, एन्फाका केन्द्रिय सदस्य तथा व्यवसायी दिपेन्द्र धिमाल, सामाजसेवी मनोहरी दाहाल, जनक खड्कालगायतको उपस्थिती रहेको थियो ।
यसैबिच साना र ठुला दुवै व्यपारीमाझ लोकप्रिय मानिएका न्यौपानेको नाम वाणिज्य संघको अध्यक्षमा चर्चामा आएसँगै उनले जित्ने प्रशस्त आधारहरु रहेको व्यपारीहरुले नै बताउदै आएका छन् ।
उर्लाबारीमा विनोद न्यौपाने नाम व्यपारीक क्षेत्रमा मात्र नभई शैक्षिक, धार्मीक, खेलकुद एवम् सामाजिक क्षेत्रमा समेत चर्चित नाम हो ।
यस्तै दैनिक रुपमा व्यपारीहरुसँग भेटघाट, छलफल र समन्वय गर्दै आएका न्यौपाने भन्छन्, ” व्यवसायी साथीहरु सकारात्मक हुनुहुन्छ, यसपटक अवसर दिनुभयो भने विभिन्न कार्ययोजनाका साथ उवासको गरिमालाई अझ उच्च बनाउने गरी काम गर्नेछु ।”
व्यवसायीहरुको हक हितको लागि कटिवद्ध भई लागि पर्दै आएका न्यौपाने संघको विपद् कोषलाई वृद्धि गराउने र संघको अधुरा कामहरु पुरा गर्ने मुख्य एजेण्डाका साथ अध्यक्षमा आफ्नो उम्मेद्वारी रहने बताउछन् । यस्तै उनले व्यपारीहरुलाई संघमा आवद्ध गराई उनीहरुको सुखदु:खमा साथ दिने र संघलाई आधुनिक प्रविधिमैत्री बनाउने अभियानमा लाग्ने बताउदै अध्यक्षमा आफ्नो सशक्त दावेदारी प्रस्तुत गरिएको जानकारी दिएका छन् ।
उवासको विभिन्न पदहरुमा रहदा व्यपारीको हक अधिकार सुनसश्चित गर्न अहोरात्र खटिदै आएका न्यौपानेको अध्यक्षमा नाम चर्चामा आएसँगै उनले सहजै जित्न सक्ने विभिन्न आकलन गर्न थालिएको छ ।
यता १ हजार ७ सय ५ जना सदस्य रहेको उर्लाबारी उद्योग वाणिज्य संघमा गत असार मसान्तसम्ममा करिव १ हजार १ सय ६५ जनाले नविकरण गरेको वाणिज्य संघले जनाएको छ ।
यस्तै संघले असार मसान्तसम्म नविकरण भएका सदस्यलाई मात्रै मतदानको अधिकार प्रदान गरिने जनाउदै आएको छ । संघको चुनावी साधारण सभा आगामी भदौ पहिलो साता हुनसक्ने सम्भावना रहेको छ ।