उर्लाबारि, १३ साउन  ।  मोरङको मिक्लाजुङ गाउपालिका स्थित रमितेबाट फर्कदै गरेको स्कुटि रातको करिब ८:३० बजेको समयमा दुर्घटनामा परेको छ। स्थानियका अनुसार, स्कुटि भिरदेखि २०० मिटर तल झरेको छ।

स्कुटिमा सवार व्यक्तिहरूको प्रारम्भिक जानकारी अनुसार दमक हवाल्दार चौकको बासि रहेको भनिएको छ, तर पुष्टि हुन बाँकी रहेको छ। घाइते २ जनालाई स्थानियहरुले उद्दार गरि अस्पताल लगेको जानकारी प्राप्त भएको छ।

यस घटनाको एक दिन अघिमात्र रमिते डाडामा मोटरसाइकल दुर्घटनामा परि एक बालिकाको मृत्यु भएको थियो। आज सोही सडकमा अर्को दुर्घटना भएको हो। हिजो दिउसो करिब ३:१० बजेको समयमा मिक्लाजुङ गाउपालिका वडा नम्बर १ झण्डे डाडामा अनियन्त्रित मोटरसाइकलका कारण मोरङको बेलबारि नगरपालिकाका धिमाल परिवारका ३ जना सदस्य दुर्घटनामा परेका थिए, जसमा एक बालिकाको मृत्यु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय