उर्लाबारी-२ तिनघरेमा जारी प्रथम चाँदनी खुला नकआउट फुटबल प्रतियोगिता २०८१ को चौथो दिनको खेलमा जाँते फुटबल क्लव र छत्रपुर फुटबल क्लव विजयी भएका छन्।

आईतबार जाँते र झुम्रा फुटबल क्लवबिच भएको पहिलो खेलमा ३-० को फराकिलो अन्तरले जाँते विजयी भएको छ । उक्त खेलमा जाँतेका जर्सी नम्बर ८ का अबि लिम्बुले खेलको ११ , १३ र ४६ औँ मिनेटमा ३ गोल गरेका थिए ।

यस्तै आईतबार भएको दोस्रो खेलमा पच्चिस बिघे फुटबल क्लवलाई २-१ को अन्तरले हराउदै छत्रपुर फुटबल क्लव विजयी भएको छ ।

जितको लागि छत्रपुरका जर्सी नम्बर १२ का निशान मगरले खेलको २८ र ३३ औँ मिनेटमा २ गोल गरेका थिए। यता पच्चिस बिघेका जर्सी नम्बर ५ का शिवलाल मन्दिले खेलको ४औँ मिनेटमा रक्षात्मक १ ग‍ोल गरेका थिए ।

पहिलो खेलमा उत्कृष्ट खेल प्रदर्शनी गरेको बताउदै आयोजकले जाँतेका अबि लिम्बुलाई म्यान अफ दी म्याच घोषणा गरेको थियो । यस्तै दोस्रो खेलमा छत्रपुरका निशान मगर म्यान अफ दी म्याच घोषित भएका थिए। उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी अरनिको हस्पिटल प्रालिका अध्यक्ष पोलिम पोमू लिम्बुद्वारा मायाको चिनो प्रदान गर्देै पुरस्कृत गरिएको थियो ।

यसैबिच आजको दुई खेल समापन भएसँगै सो प्रतियोगिताको क्वाटर फाईनल समिकरण पुरा भएको छ। सोमबारदेखी प्रतियोगिताको क्वाटर फाईनल खेल संचालन हुने आयोजकले जनाएको छ । सोमबारको पहिलो खेलमा किर्तिपुर र गोर्खाज युनाईटेड फुटबल क्वलबिच पहिलो क्वाटर फाईनल खेल दिउसो ३ बजेदेखि संचालन हुने आयोजक क्लवका अध्यक्ष अनिल राईले बताए ।

यस्तै भोली हुने दोस्रो खेलअन्तर्गत लेटाङ र हिमालय युनाईटेड फुटबल क्लबबिच कढा प्रतिस्पर्धा हुने बताईएको छ ।

उर्लाबारी वडा नम्बर २ तिनघरेस्थित चाँदनी युवा क्लवको आयोजनामा संचालन भएको सो प्रतियोगितामा मोरङका विभिन्न पालीकाहरुका १६ वटा क्लवको सहभागिता रहेको आयोजक क्लवका अध्यक्ष अनिल राईले बताए ।

‘लागुऔषधलाई छोडौं, युवाहरुलाई फुटबलको मैदानमा जोडौं’ भन्ने मुल नाराका साथ सो प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष राईले बताए । उनकाअनुसार पछिल्लो समय ग्रामीण भेगमा युवाहरु लागुऔषध र दुर्व्यसनीमा फस्ने गरेको पाईएपछि युवाहरुलाई फुटबलको माध्यमबाट लागुऔषधमुक्त बनाउने अभियानका साथ खेलकुदमा जोड्न खोजिएको हो ।

सो प्रतियोगिताको विजेताले ३० हजार , उपविजेताले १५ हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएको छ ।

यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी, हाई स्कोरर, वेष्ट गोल किप्पर, वेष्ट डिफेन्डर, म्यान अफ दी म्याचलगायतका विधाहरुमा खेलाडीलाई सम्मानित गरिने क्लवका सल्लाहकार नरबहादुर धिमालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय