धनपालथान । मोरङको धनपालथानमा शुक्रवार सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनपालथान गाउँपालिका-७ कदमाहकी ३८ वर्षीय कान्तिदेवी मण्डल रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई
सफारी चार्ज गर्ने क्रममा साँझ ६ः३० बजेतिर मण्डललाई करेन्ट बताइएको छ ।
करेन्ट लागेर बेहोस भएकी उनलाई उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइपुर्याउनसाथ चिकित्सकले साँझ ७ः४५ बजेतिर मृत घोषित गरेका हुन् । घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय