उर्लाबारी-३ मंगलबारेमा जारी दोस्रो वडास्तरीय भेट्रान फुटबल रनिङ कप २०८१ प्रतियोगिताको चौथो दिनको खेलमा वडा नम्बर ५ को भेट्रान टीम विजयी ‍भएको छ ।

शुक्रबार भएको खेलमा वडा नम्बर ५ को भेट्रानले वडा नम्बर ८को भेट्रानलाई १-० को अन्तरले हराएको थियो । वडा नम्बर ५ को जितको लागि ४३ औं मिनेटमा विनोद धिमालले एक गोल गरेका थिए । आफ्नो उत्कृष्ट खेल प्रदर्शनी गरेको बताउदै आयोजकले उनलाई म्यान अफ दि म्याच घोषणा गरेको थियो ।

सो कार्यक्रमका प्रमुख अतिथी समेत रहेका उर्लाबारी वडा नम्बर ८ का वडाध्यक्ष कुलबहादुर कार्कीद्वारा उालाई ट्रफीले सम्मानित गरिएको छ । यस्तै सो अवसरमा ८ नम्बर भेट्रान टीमलाई आयोजकले मायाको चिनो प्रदान गर्दै सहभागिताको लागि धन्यवाद व्यक्त गरेका थिए ।

उर्लाबारी वडा नम्बर ३ स्थित मंगलबारे भेट्रान क्लबको आयोजनामा संचालन भएको सो प्रतियोगितामा उर्लाबारी नगरपालिकाका ९ वट‌ै वडाका भेट्रान टीमको सहभागिता रहेको आयोजक क्लवका अध्यक्ष राजन सुवेदिले बताए ।

‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल नाराका साथ सो प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष सुवेदिले बताए।

वडा नम्बर ३ सालबारीस्थित प्रस्तावित सालबारी रंगशालामा गत असोज १५ गतेदेखी संचालन भएको सो प्रतियोगिताको विजेताले ३० हजार , उपविजेताले २० हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएको छ ।

यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी, हाई स्कोरर, वेष्ट गोल किप्पर, वेष्ट डिफेन्डर, वेष्ट कोच, म्यान अफ दी म्याचलगायतका विधाहरुमा खेलाडीलाई सम्मानित गरिने क्लवका सचिव मिलन भट्टराईले जानकारी दिए ।

उर्लाबारी नगरपालिका वडा नम्बर २ र ३ को मुख्य प्रयोजन रहने सो प्रतियोगिताको फाईनल खेल आगामी असोज २२ गते हुने आयोजकले जनाएको छ।

यसैबिच प्रतियोगिताको पाँचौं दिनको खेल शनिबार वडा नम्बर ३ र ७ का भेट्रान टीमबिच दिउसो ३ बजेदेखी संचालन हुने खेल संयोजक विजय माझीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय