उर्लाबारी, २५ असोज । मोरङको उर्लाबारी नगरपालिका-८ आम्बाडीमा सिसी क्यामेरा जडान गरिएको छ ।
उर्लाबारी उद्योग वाणिज्य संघको पहलमा बिहिबार ७५ हजार रुपैया लागतमा सिसी क्यामेरा जडान गरिएको बताईएको छ ।
स्थानीय जेष्ठ नागरिक इन्द्रकुमारी धिमालद्वारा सिसी क्यामेराको उद्घाटन गरिएको संघकी महासचिव सम्झना खतिवडाले बताईन् ।
चाडपर्वमा दुर्घटना र आपराधिक क्रियाकलाप बढी हुने भएकोले आम्बाडी बजार क्षेत्रमा सिसी क्यामेरा जडान गरिएको वाणिज्य संघका अध्यक्ष तारामान सिरेङले बताए ।
आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सहयोग पुगोस् भनेर सिसी क्यामेरा जडान गरिएको उनको भनाई छ ।
यस्तै उनले यसबाट शान्ति र अमन चयन कायम गर्न सहयोग पुग्ने विश्वास लिईएको बताए ।
यता जडान गरिएका सिसी क्यामेराको अनुगमन इलाका प्रहरी कार्यालय उर्लाबारीको नियन्त्रण कक्षबाट हुने बताईएको छ ।
सिसी क्यामेरा जडानमा उर्लाबारी उद्योग वाणिज्य संघले २५ हजार, राजिव खड्काले १५ हजार, सविता धिमालले १५ हजार, कमल लिङथेपले १५ हजार र अशोक लिम्बूले ५ हजार सहयोग गर्नुभएको सिसी क्यामेरा जडान उपसमितिका संयोजक फुर्वा छिरिङ तामाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय