दिलीप पोखरेल/ उर्लाबारी
उर्लाबारी-३ मंगलबारेस्थित त्रिवेणी चोकमा उर्लाबारीकै सबैभन्दा ठूलो रङ्गोली बनाइएको छ । मंगलबारेको त्रिवेणी भजन किर्तन मण्डली र मंगलबारे भेट्रान क्लवले संयुक्त रुपमा मंगलबारे- सुनपकुवा- सिमसार सडकखण्डमा ३० फुट वर्गाकार क्षेत्रमा तयार गरिएको छ ।




उक्त रङ्गोली उर्लाबारीकै मात्र नभएर कोशी प्रदेशकै सबैभन्दा ठूलो रहेको भजन मण्डलीका अध्यक्ष माधव सुवेदीले दाबी गरे । सो रङ्गोली १६ जना स्थानियहरुले करिव ४ घण्टा समय लगाएर तयार गरिएको भेट्रान क्लवका अध्यक्ष राजन सुवेदीले जानकारी दिए ।
उनका अनुसार सो स्थानमा विगत १८ वर्षदेखि नियमित रुपमा तिहारको अवसरमा ठूलो रङ्गोली बनाईदै आएको छ । यस्तै मण्डलीले हरेक वर्ष तिहार र होली पर्वको अवसरमा ठूलो आकारमा रङ्गोली बनाउदै आएको सुवेदीले जानकारी दिए ।




