उर्लाबारी । उर्लाबारी जेसिज वर्ष २०२५ को अध्यक्षमा टिकाप्रसाद भट्टराई (भाईटिका) चयन हुनु भएको छ ।
शनिबार उर्लाबारी-६ स्थित जेसिजको भवनमा सम्पन्न चुनावी साभारणसभामा अध्यक्षमा भट्टराईको मात्रै मनोनयन दर्ता भएसँगै उनी सर्वसम्मत चयन हुनु भएको हो ।
निर्वाचन समितीले यसको आधिकारीक घोषणा गर्न भने बाँकी रहेको प्रमुख निर्वाचन आयुक्त सिताराम ओझाले जानकारी दिनुभयो ।
ओझाकाअनुसार कार्यकारीणी उपाध्यक्षमा लक्ष्मण दाहाल, रञ्जित श्रेष्ठ र तार्सदिप न्यौपानेको उम्मेद्वारी परेको छ । कार्यकारीणी उपाध्यक्षमा दुई जना हुनु पर्नेमा तीन जनाको उम्मेद्वारी परेको छ ।
यस्तै चार जना उपाध्यक्षमा किसन अटल, मिलन पोख्रेल, पवन घिमिरे, धिरज निरौला र जनसम्पर्क अधिकारीमा एरिसा कटुवालको उम्मेद्वारी परेको निर्वाचन आयुक्त ओझाले बताउनु भयो ।
कार्यकारीणी उपाध्यक्षबाहेक अन्य पदमा सर्वसम्मत चयन भएको छ । कार्यकारीणी उपाध्यक्ष पदमा समेत सर्वसम्मत चयन गर्ने प्रयास बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय