उर्लाबारी-३ मंगलबारेमा सम्पन्न दोस्रो संस्करणको वडास्तरीय भेट्रान फुटबल रनिङ कप २०८१ प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आईतबार एक कार्यक्रमबिच सो प्रतियोगिताको आयव्यय सार्वजनिक गरिएको छ ।

मंगलबारे भेट्रान क्लबको आयोजनामा गत असोज १५ गतेदेखि वडास्थित प्रस्तावित सालबारी रंगशालामा आयोजित सो प्रतियोगितामा जम्मा ३ लाख ६६ हजार ५ सय २४ रुपैया आम्दानी भएको क्लवका अध्यक्ष राजन सुवेदिले बताए । यस्तै उनले सो प्रतियोगितामा जम्मा ३ लाख ६० हजार ९७ रुपैया खर्च भएको विवरण सार्वजनिक गरेका छन् ।

यसैबिच क्लवले प्रतियोगिताको दौरान सम्पुर्ण खर्च कटाएर ६ हजार ४ सय २७ रुपैया बचत गरेको छ ।

सो अवसरमा बोल्दै भेट्रान क्लवका सचिव मिलन भट्टराईले विविध कारणबस वडाबाट रकम निकासा हुन ढिलो भएकोले सो प्रतियोगिताको हिसाव सार्वजनिक गर्न केहि समय ढिलाई भएको बताए । यस्तै उनले यसपटक ट्रफिमा ३२ हजार बराबरको चाँदी थप गरिएको समेत जानकारी दिए ।

‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल नाराका साथ आयोजित सो प्रतियोगिताको फाईनल खेल गत असोज २२ गते भएको थियो । फाईनल खेलमा वडा नम्बर ५ को भेट्रानलाई १-० को अन्तरले हराउदै वडा नम्बर ४ को भेट्रान टीम सो प्रतियोगिताको च्याम्पियन बनेको थियो ।

उर्लाबारी नगरपालिका वडा नम्बर २ र ३ को मुख्य प्रयोजन रहेको सो प्रतियोगितामा उर्लाबारी नगरपालिकाका ९ वट‌ै वडाका भेट्रान टीमको सहभागिता रहेको थियो ।

त्यस्तैगरी खेल संयोजक विजय माझीले भेट्रान क्लवको क्षेत्रलाई थप फराकिलो बनाउने तयारी भएको बताए । उनले भने,” भेट्रान क्लवले केवल भेट्रान खेल मात्र नभई आगामी दिनमा मेयर कप फुटबल प्रतियोगिताको समेत आयोजना गर्ने योजना बनाएको छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय