नेपाल खेलकुद महासंघ उर्लाबारी नगर कमिटीले उर्लाबारीमा खेल सामाग्री वितरण अभियान चलाएको छ । सो अभियानअन्तर्गत हरेक वडाका स्थानिय खेलाडीहरुलाई फुटबल, भलिवल, भलिवल नेटलगायतका खेल सामाग्री वितरण गरिने महासंघका उर्लाबारी नगर कमिटी अध्यक्ष विशाल गुरुङले जानकारी दिए ।
यसैबिच गत शनिबार महासंघले उर्लाबारी वडा नम्बर ८ र ९ मा स्थानिय खेलाडीहरुलाई खेल सामाग्री वितरण गरेको नगर अध्यक्ष गुरुङले बताए ।





त्यस्तैगरी सो अभियानअन्तर्गत सोमबार उर्लाबारी वडा नम्बर २ मा समेत खेल सामाग्री वितरण गरिएको महासंघका नगर सचिव महेश भण्डारी (सक्षम)ले बताए ।
सो अवसरमा बोल्दै महासंघका मोरङ जिल्ला कमिटी सदस्य विष्णु थापाकाअनुसार स्थानिय खेलाडी प्रोत्साहन गर्ने हेतुले उर्लाबारीमा खेल सामाग्री वितरण गरिएको बताए । यस्तै उनले महासंघको आयोजनामा उर्लाबारीमा आगामी माघ अन्तिम साता नगरस्तरीय चेस प्रतियोगिता आयोजना गरिने बताए । साथै फागुन पहिलो साता भने नगरस्तरीय कबड्डी प्रतियोगिता समेत आयोजना गरिने उनले बताए ।
महासंघका कोशी प्रदेश कमिटी ईन्चार्ज योगेश बस्नेतको संयोजनामा उर्लाबारीका ९ वटै वडामा खेल सामाग्री वितरण अभियान संचालन भएको बताईएको छ ।
पछिल्लो समय उर्लाबारीमा खेलकुद महासंघ चलायमान अवस्थामा रहेको पाईएको छ । वि.सं. २०८० साल फागुनमा गठित महासंघको उर्लाबारी नगर कमिटीले रक्तदान , सरसफाई र स्टेशनरी वितरण कार्यक्रम सम्पन्न गरेको छ ।




