उर्लाबारी । पुर्वी मोरङको पर्यटकिय क्षेत्रका रुपमा परिचित रहेको बेतेनी सामुदयिक वनले पर्यटन क्षेत्रलाई सुरक्षित र मर्यादित वनाउन अभियान चलाउने भएको छ ।
उर्लाबारी नगरपालिका–२ मा रहेको करिब १८८.३२ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वन क्षेत्रको बेतेनी सिमसार क्षेत्र आन्तरिक पर्यटकको रोजाईको केन्द्रका रुपमा रहेको छ ।
उक्त वन क्षेत्रको सिमसार क्षेत्रको मनोरम दृश्य अवलोकन गर्न आउने आन्तरिक पर्यटकको संख्यामा हरेक वर्ष बृद्धि हुदै गएपछि वनले पर्या–पर्यटनलाई बृद्धि गर्दै लैजाने उद्देश्य स्वरुप पर्यटन क्षेत्रलाई सुरक्षित र मर्यादित वनाउन अभियान चलाईने प्रतिबद्धता जनाएको छ ।
बनको २२ औ साधरणसभाको अवसरमा वन समितीले आम्दानीको मुख्य स्रोतका रुपमा वन पैदावर नभएर आन्तरिक पार्य–पर्यटनको विकास गरी आम्दानीको मुख्य स्रोत बनाउने उद्देश्य स्वरुप अभियान चलाउन लागिएको बनका अध्यक्ष भिम बहादुर राई द्वारा जारी प्रतिवेदनमा उल्लेख गरिएको छ ।
करिब १ हजार ४ सय २० उपभोक्ता घरधुरी रहेको वनले वन संरक्षण तथा विकास, सामाजिक विकास, महिला, कृषि तथा विपन्नमुखी लक्षित कार्यक्रम, वन पैदावर संकलन तथा वितरण, सिमसार क्षेत्रको संरक्षण तथा पर्या–पर्यटन व्यावस्थापन तथा विकासका क्षेत्रमा कार्य गर्दै आएको प्रतिवेदनमा उल्लेख छ ।
उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलको प्रमुख आथिथ्यतामा भएको उक्त कार्यक्रममा उर्लाबारीमा करिब दश वर्षदेखी पत्रकारीता क्षेत्रमा क्रियाशिल रहेको नवराज भट्टराई सहित वनका कर्मचारी उपभोक्ता समुहका ज्येष्ठ नागरिक सम्मानित हुनुभएको छ ।
पत्रकार भट्टराईलाई बन क्षेत्र र सिमसार क्षेत्रको उननयमा पत्रकारिताको माध्यमबाट सहयोग पुर्‍याएको भन्दै नगद १० हजार रुपैया सहित सम्मानपत्रले बनले बार्षिक साधरण सभाको अवसरमा सम्मानित गरेको बनका सचिव अर्जुन बास्तोलाले बताउनुभयो ।
यस्तै सोही अवसरमा समुहका ज्येष्ठ सदस्य ९१ वर्षिय मिनलाल गिरी, ८२ वर्षिय वेदमाया अधिकारी, टोली संयोजक दुर्गादेवी घिमिरे, चुडामणी कार्की, र कर्मचारी तर्फ दिल बहादुर तामाङ र खगेन्द्र बस्नेतलाई पुरस्कृत गरिएको छ ।
साधारणसभामा समूहको अध्यक्षको तर्फबाट उपाध्यक्ष श्याम ढकालले वार्षिक कार्ययोजना, सचिव अर्जुन बास्तोलाले प्रगति प्रतिवेदन, कोषाध्यक्ष अरुणा थापाले आर्थिक प्रतिवेदनले पेश गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि खरेलसहित विशिष्ट अतिथि वडाध्यक्ष कुमार कँडेल, सव डिभिजन वन कार्यालय मंगलबारेका प्रमुख नवीनराज दाहाललगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय