उर्लाबारी । उर्लाबारी नगरपालिका वडा नं. ६ ले ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका वडाबासीलाई घरघरमै सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । उर्लाबारी नगरपालिकाले कुमारी बैंकमार्फत सो वडाको भत्ता प्रदान गर्दै आएको छ । आज बैंकका प्रतिनिधिसहित वडाध्यक्ष चिन्तामणि पौड्याल, वडासचिव बालकुमार बरालले बैंकसम्म पुग्न नसक्ने ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्तिलाई भत्ता प्रदान गर्नुभएको हो ।
बैंकसम्म पुग्न नसक्ने वडाबासीका लागि बैंकसँगको समन्वयमा घरमै पुगेर भत्ता वितरण गरेको वडाध्यक्ष चिन्तामणि पौड्यालले बताउनुभयो । घरमै भत्ता प्राप्त गरेपछि ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्तिले वडा कार्यालयलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय