उर्लाबारी । नेपाली कांंग्रेस कोशी प्रदेशका सहमहामन्त्री एवम उर्लाबारी नगरपालिका पुर्व मेयर खड्ग फागोको मिडिया (पत्रकार) जनताको पहलो आँखा भएको बताउनु भएको छ ।
मोरङको उर्लाबारीमा स्थापना भएको जनजागरण मिडिया प्रा.ली को कार्यलय उद्घाटन गर्दै प्रमुख अथिती फागोले मिडिया जनताको पहिलो आँखा भएकाले मिडिया (पत्रकार) ले उम्प्रेसण गर्ने समाचार तथा उत्पादित सामाग्री सत्य, निष्पक्ष र सन्तुलित हुन आवश्यक रहेको बताउनुभयो ।
जनजागरण मिडिया प्राली उर्लाबारीमा रहेर सक्रिय रुपमा संचार कर्म गरिरहनु भएका पुजन दास र सम्झना राईले संयुक्त रुपमा स्थापना गरेका हुन । सञ्चालकहरूले मिडियाको माध्यमबाट निष्पक्ष समाचार प्रवाह गर्दै आम जनतालाई सही सूचना उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा किरात याथुङ चुम्लुङ अध्यक्ष बानु सुब्बा, उर्लाबारी न.पा.वडा न.१ का वडा अध्यक्ष तिलक पाण्डे, नेकपा माओवादी केन्द्र उर्लाबारी नगर समिति अध्यक्ष गजेन्द्र दंगाल, सामाजिक अभियान्ता रुद्र बहादुर तामाङ, सञ्चार कलबका अध्यक्ष कुमार खड्का लगायतको उपस्थित रहेको थियो ।
उद्घाटन कार्यक्रममा सञ्चारकर्मी, समाजसेवीले शुभकामना व्यक्त गर्दै आगामी दिनमा मिडियाको प्रभावकारी भूमिकाको अपेक्षा गरेका छन् । कार्यक्रम संचार क्लवका पुर्व अध्यक्ष पत्रकार घनश्याम भण्डारीले संचालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय