विराटनगर । मोरङको विराटनगर स्थित पिपल चोकनजिक रहेको पूजा इन्टरनेसनल नेपाल प्रालिले सञ्चालन गरेको फोक्स बगान कम्पनीको शोरुममा रहेको गाडी चोरी भएको छ ।
बिहीबार मध्यरातमा एक व्यक्तिले सोरुम फोरेर करिब नेपाली मुल्य लगभग ८० लाखको हाराहरीमा पर्ने रातो रंगको बा ०१३० च ८५८१ नम्बरको नयाँ गाडी चोरेर फरार भएका थिए ।
विहिबार मध्यरातमा शोरुममा चोर्न छिरेका उक्त व्याक्तिले रहेको एउटा मात्रै गाडीमा सामानहरू हाल्छन् । त्यसपछि शोरुमको सिसा फुटाउँछन् र, गाडी लिएर उनी निस्कन्छन् । यो घटना शोरुम सञ्चालकले शुक्रबार बिहान मात्रै थाहा पाउँछन् । त्यसपछि उनी नयाँ गाडी चोरिएको भन्दै बिहान करिब ९ बजे प्रहरीलाई खबर गर्छन्।
गाडी चोरी भएको खबर पाएसँगै प्रहरीले खोजी तथा अनुसन्धान कार्य अघि बढाएको प्रहरीले शुक्रबार दिउँसो सुनसरीमा शंकास्पद अवस्थामा गाडी रहेको खबर प्राप्त गर्छ । उक्त खबर प्राप्ती पश्चात गाडी रहेको स्थानमा प्रहरी पुग्दा विहिबार मध्यरातमा शोरुमबाट हराएको बा ०१३० च ८५८१ नम्बरको नयाँ गाडी फेला पर्छ।
स्थानीयले खबर गरेपछि पुगेको प्रहरीले गाडी र चोरीमा संलग्न गढी गाउँपालिका–४ घर भई विराटनगर–४ मा बस्दै आएका २४ वर्षीय मन्तोषकुमार बिनलाई पक्राउ गरेको छ ।
फोक्स बगान कम्पनीको शोरुम, जहाँबाट नयाँ गाडी चोरी भएको थियो । प्रहरीका अनुसार मन्तोषले शोरुमबाट चोरी गरेको नयाँ गाडी भारत तर्फ लैजान खोजेका थिए । तर, पेट्रोल सकिएकै कारण अघि बढ्न नसक्दा उनी पक्राउ परेका हुन् ।








