उर्लाबारी । मोरङको उर्लाबारी चौकमा रहेको मोवाइल वर्ल्ड चोरी प्रकरणको अनुसन्धानको अन्तिम चरणमा प्रहरी प्रवेश गरेको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
गत माघ २१ गते रातको करिब १ बजेको समयमा मोवाइल वर्ल्डबाट करिब ४ करोड रुपैयाँ बराबरको मोवाइल चोरी भएको थियो । चोरी भएको करिब २ हप्ताको अवधीमा प्रहरीले चोरी कार्यमा समलग्न व्याक्तिको पहिचानको कार्य अन्तिम चरणमा पुर्‍याएको र अन्य केही प्राविधिक पाटाहरु अनुसन्धानबाट पुष्टी हुन बाकी रहेको ईलाका प्रहरी कार्यालय उर्लाबारी प्रहरी निरिक्षक राकेश यादवले बताए ।
घटनाका बारेमा उर्लाबारी उद्योग वाणिज्य संघले प्रहरीको ध्यानाकर्षण गराउदै अनुसन्धान प्रक्रियालाई ढिलासुस्ती नगरी परिणाम मुखी बनाउन आग्रह गरेको अध्यक्ष सिरेङले बताए ।
आईतबार उर्लाबारी उद्योग वाणिज्य सघका अध्यक्ष तारमान सिरेङको नेतृत्वमा वाणिज्य संघको कार्यसमिती समिती, संघका पुर्व अध्यक्षहरु, नगरपालिकाका प्रवक्ता भिष्मराज बुढाथोकी र मोवाइल बर्ल्डका मालिक योगराज कार्की सहितको टोली ईलाका प्रहरी कार्यालय उर्लाबारी पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय