उर्लाबारी । मोरङको उर्लाबारीमा १ लाख राशीको तेस्रो उर्लाबारी भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ ।
कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लाका गरी १० टिमको सहभागिता रहने प्रतियोगिता चैत्र २७ देखी बैशाख ६ गते सम्म सम्म राधिका माध्यमिक विद्यालयको खेल मैदानमा हुने उर्लाबारी भेट्रान क्लवले जनाएको छ ।
प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्वलका अध्यक्ष दिपक पोमुले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
प्रतियोगितामा मिल्स भेट्रान क्वल, युनाईटेड भेट्रान क्वल विराटनगर, हाम्रो धरान फुटबल क्लव, भरौल भेट्रान फुटबल क्लव सुनसरी, विराट फुटबल क्लव विराटचौक, उर्लाबारी भेट्रान क्लव रातो र निलो, कन्काई भेट्रान क्लव सुरुङगा, चारपाने भेट्रान क्लव विर्तामोड र दमक भेट्रान क्लव दमक झापा गरी १० टिमको सहभागिता रहने छ ।
प्रतियोगितामा सञ्चालनका लागि उर्लाबारी नगरपालिकाले १ लाख ५० हजार, फुटबल प्रेमी पुर्व खेलाडी दिप लिम्बुको बुबाको स्मृतीमा लिम्वुको परिबार बाट १ लाख ५० र अन्य अपुग रकम सहयोगि मनहरुबाट संकलन गरी प्रतियोगिता संचालन गरिने आयोजकले जनाएको छ ।
उर्लाबारी भेट्रान्स फुटबल क्लबले आयोजना गर्ने सो प्रतियोगितामा ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको क्लवमा कोषाध्यक्ष विक्रम चापागाईले बताउनुभयो ।
उर्लाबारी–६ स्थित क्लवको कार्यालयमा भएको पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य दिपेन्द्र धिमाल, मोरङ जिल्ला अध्यक्ष सञ्जिब बुढाथोकीलगायतले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय