नेकपा एमाले उर्लाबारी नगर कमिटीको दोस्रो अधिवेशन यही चैत २६ गते सम्पन्न हुने भएको छ। वडास्तरका प्रतिनिधिहरू, जनसंगठनका प्रतिनिधि, पर्यवेक्षक, पार्टी नेता तथा कार्यकर्ता र २ सय ४ जना प्रतिनिधिको सहभागितामा अधिवेशन हुने भएको हो।

आईतबार उर्लाबारी -४ स्थित जय वशिष्ठ रिसोर्टमा आयोजित पत्रकार सम्मेलनबीच नगर अधिवेशनको बारेमा एमाले उर्लाबारीले जानकारी गराएको हो ।

नगर अधिवेशनको उद्घाटन सत्र रिसोर्टको हलमा मंगलबार विहान १० बजे सुरु हुनेछ। उक्त कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईको प्रमुख आतिथ्यता रहने नगर अध्यक्ष गंगाप्रसाद बाँस्तोलाले जानकारी दिए।

अधिवेशनको उद्घाटन तथा बन्द सत्र सोही दिन दिउँसो २ बजेसम्म सम्पन्न गरी निर्वाचन प्रक्रिया सुरु गरिने बताईएको छ।

एमाले नगर अध्यक्ष बाँस्तोलाका अनुसार पार्टीले यसपटक सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरिरहेको छ । सर्वसम्मत नेतृत्व चयन हुन नसकेमा चैत २७ गते मतदान गरिने नगर अध्यक्ष बाँस्तोलाद्वारा जारी एक प्रेस विज्ञप्तीमार्फत जानकारी गराईएको छ ।

सो जिज्ञप्तीमा हाल प्रतिनिधि चयन, स्वयम्सेवक व्यवस्थापन, प्रतिवेदन लेखन, प्रचारप्रसार तथा अतिथि सत्कार लगायतका तयारीहरू अन्तिम चरणमा पुगेको बताईएको छ ।

 

 

j

त्यस्तैगरी अधिवेशनले विगतको समीक्षा गर्दै उर्लाबारी नगरको वर्तमान अवस्था, भविष्यको दिशा तथा जनताको आवश्यकता अनुसार नीति तथा कार्यक्रम तय गर्ने नगर अध्यक्ष बाँस्तोलाले बताए ।

पत्रकार सम्मेलनमा जारी गरिएको सो विज्ञप्तीमा पार्टीका सम्पूर्ण सदस्य, समर्थक तथा नगर प्रतिनिधिहरूलाई समयमै अधिवेशन स्थलमा उपस्थित भई कार्यक्रम सफल बनाउन आह्वान गरिएको छ।

सो अवसरमा नगर अध्यक्ष बाँस्तोलाले २६ गते हुने सो अधिवेशनबाट नयाँ नेतृत्व आउने र उक्त नेतृत्वले स्थानीय जनतामा उत्साह भर्नुपर्ने जिम्मेवारी आइपरेको बताएका छन्। उनले योजनाबद्ध विकासका लागि नेतृत्व छान्न सबैलाई आग्रह गरेका छन्।

पत्रकार सम्मेलनमा अध्यक्ष पदका उम्मेदवार, उपाध्यक्षका उम्मेदवार लगायत एमाले नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय