पथरी
परिवारका सदस्यलाई भावुक चिठी लेखेर मोरङ्ग पथरीशनिश्चरे ९ पुलचौकका एकजना किशोर हराएका छन् । स्थानिय जोन्स गुरुङ चैत २२ गते एक भावुक चिठ्ठि लेखेका छन् । उनी वेपत्ता हुनु अघि लेखिएको चिठीमा जिन्दगीमा धेरै कुरा गरेको र आफु स्वतन्त्र हुन खोजेको वताएका छन् ।
उनीको चिठीको व्याहोरामा उल्लेख छ ‘ म कहाँ जान्छु, के गर्छु,थाह छैन् । तर कहिले राम्रो छोरो भान्जा भदो हुन सकिन त्यसैले म घर त्यागेर जादैछु ’ । गुरुङ्ग वेपत्ता हुनुमा उनको सानीमाको दोष नदेख्न समेत पत्रमा उल्लेख गरेका छन् ।
उनी स्थानिय विद्यालयमा अध्यायनरत रहेको थिए । उनी हराएपछि उनको खोजीका लागी आफ्न्त हरुले खोजी गरिदिन आग्रह गरेका छन् । उनीकी दिदी सवी गुरुङ्गले भाइको खोजीका लागी आग्रह गरेकी छन् ।








