उर्लाबारीमा जारी छैटौं संस्करणको मेयर कप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा वडा नम्बर ६ विजयी भएको छ ।

मंगलबारे फुटबल क्लबको आयोजनामा बिहिबार सम्पन्न  खेलमा उर्लाबारी वडा नम्बर ६ को टीमले  वडा नम्बर ७ लाई  ४-० को फराकिलो अन्तरले हराएको छ ।

जितको लागि ६ नम्बर वडाका एन्जल बोहोराले खेलको ३१ औं र ५४ औं मिनेटमा २ गोल गरेका थिए । यस्तै रुद्र कार्की र सोहन पुरीले क्रमश :खेलको ६१  र ६२ औं मिनेटमा १÷१ गोल गरेका थिए ।

उक्त प्रतियोगितामा आफ्नो उत्कृष्ट खेल प्रदर्शन गरेको बताउदै आयोजकले वडा नम्बर ६  का  एन्जल बोहोरालाई म्यान अफ दि म्याच घोषित गरेको छ । उनी नगदसहित मायाको चिनोद्वारा पुरस्कृत भए ।

खेल संयोजक विजय माझीकाअनुुसार उर्लाबारीका ९ वटै वडाको सहभागिता रहने सो प्रतियोगिताको फाईनल खेल आगामी वैशाख १० गते हुनेछ ।  सो प्रतियोगिताको विजेताले ७५ हजार नगद , उप विजेताले ५० हजार नगद सहित ट्रफी , मेडल र प्रमाण पत्र प्रदान गर्ने खेल संयोजक माझीले बताए । यस्तेै आयोजकले प्रतियोगितामा विभिन्न विधाहरुमा खेलाडी सम्मान समेत गरिने बताएको छ ।

‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेलाडी’ भन्ने मुल नाराका साथ सो प्रतियोगिता आयोजना गरिएको आयोजक क्लबका खेल व्यवस्थापन संयोजक राजन सुवेदिले बताए ।  त्यस्तै उनले प्रतियोगिताको तेस्रो दिनको खेल शुक्रबार वडा नम्बर २ र ९ बिच दिउसो ३ बजेदेखि संचालन हुने बताए  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय