उर्लाबारीमा जारी छैटौं संस्करणको मेयर कप फुटबल प्रतियोगिताको चौथो दिनको खेलमा वडा नम्बर ५ विजयी भएको छ ।

मंगलबारे युवा क्लबको आयोजनामा शनिबार सम्पन्न खेलमा उर्लाबारी वडा नम्बर ५ को टीमले वडा नम्बर ८ लाई ३-१ को गोल अन्तरले हराएको छ ।

जितको लागि ५ नम्बर वडाका सागर लिम्बु, विशाल राई र दिपेश लिम्बुले क्रमश: खेलको ३, ५४ र ६१ औं मिनेटमा १÷१ गोल गरेका थिए । यस्तै ८ नम्बर वडाका नरेश लिम्बुले खेलको ३१औं मिनेटमा १ गोल गरेका थिए ।

उक्त प्रतियोगितामा आफ्नो उत्कृष्ट खेल प्रदर्शन गरेको बताउदै आयोजकले वडा नम्बर ५ का विशाल राईलाई म्यान अफ दि म्याच घोषित गरेको छ । उनी नगदसहित मायाको चिनोद्वारा पुरस्कृत भए।

जितसँगै वडा नम्बर ५ उक्त प्रतियोगिताको सेमीफाईनल प्रवेश गरेको छ । सेमिफाईनलमा ५ नम्बर वडाले ६ नम्बर वडाको टीमसँग सोमबार प्रतिस्पर्धा गर्नेछ । यस्तै वडा नम्बर २ समेत सो सेमीफाईनल प्रवेश गरिसकेको छ ।

 

 

यता खेल संयोजक विजय माझीले उर्लाबारीका ९ वटै वडाको सहभागिता रहेको सो प्रतियोगिताको फाईनल खेल आगामी वैशाख १० गते हुने बताए । सो प्रतियोगिताको विजेताले ७५ हजार नगद , उप विजेताले ५० हजार नगद सहित ट्रफी , मेडल र प्रमाण पत्र प्रदान गर्ने खेल संयोजक माझीले बताए । यस्तेै आयोजकले प्रतियोगितामा विभिन्न विधाहरुमा खेलाडी सम्मान समेत गरिने बताएको छ ।

‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेलाडी’ भन्ने मुल नाराका साथ सो प्रतियोगिता आयोजना गरिएको आयोजक क्लबका खेल व्यवस्थापन संयोजक राजन सुवेदिले बताए । त्यस्तै उनले प्रतियोगिताको पाँचौं दिनको खेल आईतबार वडा नम्बर १ र ४ बिच दिउसो ३ बजेदेखि संचालन हुने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय