उर्लाबारी । ८ सय ९० केजि गाजा सहित बुढीमोरङका एक युवा पक्राउ परेका छन्।
गए राति धनकुटाबाट मोरङको बेलबारीतर्फ ठुलो परिमाणमा गाजा लैजादै गरेको भन्ने सुचना प्रहरी पाएपछि प्रहरीले सर्च अप्रेसन मार्फत मोरङ र धनकुटाको सिमाक्षेत्रबाट बोलेरो गाडी नियन्त्रणमा लिएर चेकजाच गर्ने क्रममा गाजा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले गाजासहित सागुरीगढी गाउपालिका–२ का १९ वर्षिय उल्लास लिम्बूलाई पक्राउ गरेको छ, बोलेरोका चालक भने फरार छन् ।
पक्राउ परेका लिम्बुले प्र–१–०२–००२– च ५२३८ नम्बरको बोलेरो प्रयोग गरी गाजा लैजादै गरेकोे इलाका प्रहरी कार्यालय राजारानीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय