पथरी,
पथरी नगर अस्पतालका प्रमुख मुरारी आचार्यले दायर गरेको गाली बेईज्ज्ती मुद्धामा पत्रकार नरेन्द्र बस्नेत र गोपाल काफले निर्दोष सावित भएका छन् । जिल्ला अदालत मोरङ्गले बेतना दैनिकका सम्पादक नरेन्द्र बस्नेत र साइनो खवरका संचालक गोपाल काफले बिरुद्ध दायर भएको गाली बेईज्जतीको मुद्धामा बादीको दाबी झुठो भएको फैसला सुनाएको छ ।




बिराटनगर महानगरपालिका वडा नम्बर ४ घर भई हाल पथरीशनिश्चरे नगर अस्पतालमा कार्यरत बर्ष ४५ का मुरारी आचार्यले २०८१ वैशाख २० गते पत्रकारद्धय माथि गाली बेईज्जतीको मुद्धा दायर गरेका थिए । पथरी नगर अस्पतालमा कार्यरत एक महिला कर्मचारीले आचार्यले पटक पटक डर, त्रास र धम्की दिँदै यौन दुब्र्यबहार गरेको भन्दै ति कर्मचारीले बेलबारीमा पत्रकार सम्मेलन गरेकी थिन्प । उत्त समाचार बेतना दैनिक, साइनो खवर लगायत बिभिन्न मिडियामा भिडियो र समाचार प्रकाशित भएको थियो ।
समाचार प्रकाशित भएपछि आचार्य र पथरी शनिशेचरेका पुर्व नगर प्रमुख दिलिप राईले एक मिडियामा आफुमाथि गलत आरोप लगाएको लगायत अन्तरवार्ता दिएका थिए । पुर्व नगर प्रमुख दिलिप राईले उत्त अन्तरवार्तामा घटना सोहि समयमा समाभान गरेको बताएका थिए ।
पत्रकार सम्मेलन पछि तत्कालै पिडित युवतीले नगर अस्पतालका प्रमुख मुरारी आचार्य विरुद्ध जिल्ला अदालतमा यौन दुर्व्यवहारकाे मुद्दा लाएपछी आचार्यले बिभिन्न मनगढन्ते आरोप लगाउँदै बस्नेत र काफ्ले विरुद्ध गाली बेईज्जती मुद्धा दायर गरेका थिए ।
मुद्धा दायर भएको एक बर्षपछि अदालतले आचार्यले गरेको दाबी र लगाएको आरोप प्रमाणित गर्ने आधार नदेखिएको भन्दै पत्रकारहरुको पक्षमा फैसला सुनाएको हो । आफनो कर्तुत ढाकछोप गर्न आचार्यले रचेको प्रपञ्चको पर्दाफास भएको र अदालतले न्याय दिएको पत्रकार काफलेले प्रतिक्रिया दिएका छन । आचार्यको कर्तुतका बारेमा ति कर्मचारीले दिएको भिडियो बयान बेतना दैनिक र साइनो खवर लगायतका मिडिया सँग सुरक्षित रहेका छन ।




