उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका-८ गुरुङ टोलमा एक ब्याक्ती मोटरसाईकल चोरी गर्दागर्दै पक्राउ परेका छन ।जेठ १७ गते बिहान करिब १२:१० बजेतिर गुरुङ टोलस्थित दुई घरमा चोरी गरेर फरार हुन खोजेका एक व्यक्तिलाई प्रहरीले मोटरसाइकलसहित पक्राउ गरेको हो ।
प्रहरीका अनुसार चोरीको खबर प्राप्त भएपछि तत्काल इलाका प्रहरी कार्यालय (इप्रका) उर्लाबारी अन्तर्गत प्रहरी चौकी राजघाटबाट प्रहरी निरीक्षक दुर्गा बहादुर कार्कीको कमान्डमा टोली खटिएको थियो।




टोलीले घटनास्थलमा पुगेर बुझ्दा उर्लाबारी–८ निवासी हेम कुमार श्रेष्ठ र पेमा मोक्तानको घरमा चोरी भएको पुष्टि भएको थियो। ।
मोटरसाइकल चोरी गर्ने ब्याक्ती जिल्ला झापा गौरादह नगरपालिका–६, दामुना निवासी ३४ वर्षीय बिजु प्रसाद दर्जी रहेको प्रहरीले जनाएको छ । दर्जिले सो घरहरूबाट चोरी गरी मे ३ प ३७४९ नम्बरको पल्सर मोटरसाइकलमा भाग्ने क्रममा स्थानीयले लखेट्दा मोटरसाइकल अनियन्त्रित भई बाटो छेउको चौरीमा लडेका थिए ।
पक्राउ परेका दर्जीको साथबाट कालो ज्याकेटको गोजीमा लुकाइ राखिएको पहेँलो रंगको सुन जस्तो देखिने सिक्रीका तीन टुक्रा (एक जन्तर, दुई सिक्रीका टुक्रा) समेत बरामद गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका इनिस्पेक्टर रन्जन बरालले बताए ।
पक्राउ गरिएका दर्जीलाई इलाका प्रहरी कार्यालय उर्लाबारीको हिरासतमा राखिएको छ। चोरी भएको स्थान प्रहरी चौकी राजघाटबाट करिब ४ किलोमिटर पूर्व पर्छ।




