उर्लाबारी । मोरङ क्षेत्र– १ का सासद, पुर्व मन्त्री डिगबहादुर लिम्बुले संविधानसभा सदस्य उषा गुरुङसँग विवाह गरेका छन् ।
लिम्बु र गुरुङले डेढ महिनाअघि नै विहे गरेको भएतापनि उनीहरुको विवाह सार्वजनिक नभएको थिएन ।
गुरुङले आफ्नो प्रोफाइलमा फोटो सेयर गरेपछि लिम्बु र गुरुङ बैबाहिक जिवनमा बाधिएको खवर सार्वजनिक भएको हो । उनीहरुको विवाह दोस्रो हो र लिम्बुको पहिलो श्रीमतीको निधन भएको थियो ।
पूर्व यूवा तथा खेलकुदमन्त्री तथा मोरङ क्षेत्र नम्बर १ का सांसद लिम्बूकी श्रीमती गंगामाया लिम्बूकी पत्नी गंगामायाको २०८० पुस २६ गते क्यान्सर रोगका कारण निधन भएको थियो ।
डिगबहादुरका १ छोरी र १ छोरा छन् । संविधान सभा सदस्य उषाको श्रीमानसँग सम्बन्ध विच्छेद भएको थियो । उषा नेपाली कांग्रेसबाट २०६४ संविधानसभा सदस्य भएकी थिइन् । लिम्बु प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेस मोरङका सभापति समेत हुन ।








