उर्लाबारीस्थित पशुपति आवसीय माध्यमिक विद्यालयले एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै करिअर काउन्सिलिङ वर्कसप सञ्चालन गर्ने भएको छ। विद्यालयका प्रिन्सिपल आनन्द कार्कीकाअनुसार वर्कसप यही असार १३ गते शुक्रबार विहान ७ बजेदेखि प्रारम्भ भई करिब ३ घण्टा सञ्चालन हुनेछ।

यस्तै प्रिन्सिपल कार्कीले सो कार्यक्रममा सहभागी विद्यार्थीको रुचि, क्षमता र मनोभाव बुझ्ने प्रयास गरिने बताउदै सोही आधारमा प्लस टु तहमा कुन विषय छनोट गर्ने, कुन विषयको भविष्यमा माग कस्तो छ लगायत कुन क्षेत्रमा भविष्य बनाउनु उपयुक्त हुन्छ भन्नेबारे जानकारी दिइने बताए ।

त्यस्तैगरी, विद्यालयकी स्कूल कोअर्डिनेटर श्रेयश्री थापाले कार्यक्रममार्फत विद्यार्थीहरूमा प्रेरणा जगाउने, आफ्नो लक्ष्य पहिचान गर्न सहयोग पुर्‍याउने र आगामी अध्ययनको स्पष्ट मार्गचित्र बनाउन सहजता मिलाउने बताइन्।

उक्त कार्यक्रममा सहभागिता नि:शुल्क हुने र एसईई परीक्षा दिएर बसेका सबै विद्यार्थीलाई उपस्थित भइ लाभ उठाउन विद्यालयले अनुरोध समेत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय