उर्लाबारी, ७ साउन । मोरङको उर्लाबारी नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई विभिन्न सहायक सामग्री वितरण गरेको छ। बुधबार नगरपालिकाको कार्यालयमा सामाजिक विकास शाखाको आयोजनामा आयोजित कार्यक्रममा व्हील चियर, फोल्डिङ ह्वील चियर, ट्वाइलेट चियर, सेतो छडी, लौरो र बैशाखी वितरण गरिएको हो।

कार्यक्रममा ८ थान व्हील चियर, १ थान फोल्डिङ ह्वील चियर, १ थान सेतो छडी, १ थान बैशाखी, ४ थान लौरो र ९ थान ट्वाइलेट चियरसहित कुल २४ थान सामग्री २४ जना सेवाग्राहीलाई हस्तान्तरण गरिएको हो।

उनीहरूलाई नगर उपप्रमुख मीना खतिवडा पौडेलले सामग्री हस्तान्तरण गर्नुभएको थियो। उपप्रमुख पौडेलले यस्ता सामग्रीले दैनिक जीवनयापनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।

सामाजिक विकास शाखा प्रमुख चन्द्रकला सुब्बाका अनुसार अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत नगरका सबै ९ वटै वडाबाट समानुपातिक रूपमा अशक्त, बयोवृद्ध, दृष्टिविहीन र अपाङ्गता भएका व्यक्तिहरू छनौट गरी सामग्री वितरण गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय