उर्लाबारी, १० साउन। मोरङको उर्लाबारी नगरपालिका–७ मा अवस्थित ‘डि–कम कलेज’ होटल तथा हस्पिटालिटी म्यानेजमेन्ट शिक्षामा कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थाका रूपमा स्थापित भएको छ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालनमा रहेको यस कलेजले होटल तथा हस्पिटालिटी क्षेत्रमा करिअर बनाउने चाहना भएका विद्यार्थीहरूलाई गुणस्तरीय र व्यावसायिक शिक्षा प्रदान गर्दै आएको छ। नेपाल राष्ट्रिय परीक्षा बोर्ड (NEB) र यूके ग्लोबल क्वालिफिकेसनबाट मान्यता प्राप्त पाठ्यक्रम सञ्चालन गर्ने कोशी प्रदेशको एकमात्र अधिकृत संस्था यही कलेज हो।

सन् २०२५ देखि राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (NVQS) सँगको सहकार्यमा तालिम र प्रमाणिकरण कार्यक्रम समेत सञ्चालनमा ल्याइएको छ।

कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई नेपालका प्रतिष्ठित स्टार होटलहरूमा अनिवार्य इन्टर्नशिप गराउने व्यवस्थासहित २१ महिने सीप अभिवृद्धि कार्यक्रमसमेत सञ्चालन गरिएको छ। उक्त कार्यक्रम स्कटल्याण्डसम्म मान्य छ भन्ने कुरा कलेजकी प्रिन्सिपल रेजिना विष्टले जानकारी दिइन्।

कलेजमा फ्रन्ट अफिस, फुड एन्ड बेभरेज, किचन, हाउसकिपिङ, बेकरी, वार, बारिष्टा, फुड फोटोग्राफी लगायतका विषयमा अत्याधुनिक प्रयोगशालासहित प्रयोगात्मक कक्षा सञ्चालन भइरहेको छ।

साथसाथै, ड्राइभिङ तालिम, फ्रेन्च भाषा कक्षा, एयरलाइन्स (ग्राउन्ड स्टाफ तथा क्याबिन क्रु) तालिम र तीन महिनामा एकपटक विद्यार्थी तथा अभिभावकका लागि निःशुल्क स्वास्थ्य परीक्षण सेवाहरू पनि उपलब्ध छन्।

कलेजका सिइओ तथा मार्केटिङ अफिसर संजय आचार्यका अनुसार, कलेजले दुर्घटना बीमा व्यवस्थासहित विभिन्न छात्रवृत्ति योजनाहरू—जसमा म्यारिट स्कलरसिप (रु. ५० हजार), ग्रुमिङ–एटेन्डेन्स–अटिट्युड स्कलरसिप (रु. २५ हजार), प्रिन्सिपल बेस स्कलरसिप (रु. २५ हजार) र आवश्यकतानुसार निःशुल्क छात्रवृत्ति—समेत उपलब्ध गराउँदै आएको छ।

१८ महिने ‘डिप्लोमा इन हस्पिटालिटी’ र २१ महिने ‘एडभान्स डिप्लोमा इन हस्पिटालिटी’ कार्यक्रम अनुभवी तथा दक्ष प्रशिक्षकद्वारा प्रविधिमैत्री कक्षामा अध्यापन गरिन्छ। हरेक कक्षामा प्रोजेक्टर, एसी, सीसीटीभी, र स्पिकर जडान गरिएको छ।

सिर्जनात्मक विकासलाई प्राथमिकता दिँदै कलेजले स्विमिङ, स्नोकर, पीएस फाइभ, गल्फ, ड्रम, गितार, पियानो, गायन, योग, ध्यान, भलिबल, फुटबल, फुटसललगायतका सांगीतिक तथा खेलकुद गतिविधिहरूमा विद्यार्थीहरूको सक्रिय सहभागिता सुनिश्चित गरेको छ। उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई हरेक वर्ष विशेष पुरस्कारद्वारा सम्मान गरिन्छ।

कोशी प्रदेशकै आकर्षक शहरी क्षेत्र उर्लाबारीमा अवस्थित ‘डि–कम कलेज’ हाल २ सयभन्दा बढी विद्यार्थीहरूको रोजाइमा पर्न सफल भएको छ। गुणस्तरीय शिक्षा, व्यावसायिक अभ्यास, सीप अभिवृद्धि, र विद्यार्थीकेन्द्रित सेवाका कारण यो कलेज होटल म्यानेजमेन्ट अध्ययन गर्न चाहनेहरूको प्रमुख गन्तव्य बन्न पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय