![](https://purbipress.com/wp-content/uploads/2022/08/1610004782Missing-children.jpg)
विराटनगर । मोरङमा एकवर्षको अवधीमा ७६ बालबालिका हराएका छन् । हराएका ३४५ जना बालबालिकामध्ये ७६ जना कहाँ छन् भन्ने यकिन भएको छैन् ।
फेला नपरेका ७६ जनामा ५६ जना बालिका रहेको मोरङ प्रहरीको तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष २०७८/२०७९ मा प्रहरीमा परेको निवेदनका आधारमा खोजतलास गरेर २६९ जना फेला पारिएको थियो । जसमा २२१ बलिका र ४८ जना बालक रहेको मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिए ।
एकवर्षमा ६८ बालक र २७७ बालिका हराएको निवेदन प्रहरीमा परेकोमा प्रेम विवाह गरेर भाग्ने २४३ रहेका छन् । यसैगरी घरायसी समस्या, झै-झगडा र गरिबीका कारण १०१ जना बालकालिका हराएको प्रहरीको तथ्यांकमा उल्लेख छ । एकजना मानव बेचबिखनमा परेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
![](https://i0.wp.com/purbipress.com/wp-content/uploads/2022/09/82428890_183109713089803_2981608817059430400_o-1.jpg?fit=960%2C120&ssl=1)
![](https://i0.wp.com/purbipress.com/wp-content/uploads/2022/09/poudel.gif?fit=1200%2C111&ssl=1)
![](https://i0.wp.com/purbipress.com/wp-content/uploads/2022/08/chadani-mobile.gif?fit=1200%2C111&ssl=1)
![](https://i0.wp.com/purbipress.com/wp-content/uploads/2023/10/hotel-grand-url.jpg?fit=1536%2C461&ssl=1)