
विराटनगर । सुनसरीका विभिन्न पालिकाहरुमा म्याजिक भेन लिएर खसी बाख्रा चोरी गर्ने गिरोहका चारजनालाई पक्राउ परेका छन । इटहरी उपमहानगरपालिकामा म्याजिक भेन लिएर खसी बाख्रा चोरी गर्दै हिडेका गिरोहलाई स्थानीयले ५ वटा खसी र १ वटा बाख्रासहित पक्राउ गरि प्रहरीलाई बुझाएका हुन ।
स्थानीयहरुले चोरीको खसी बाख्रासहितको १ ज २८३९ नं को म्याजिक भेनलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन । ईलाका प्रहरी कार्यालय इटहरीले किसानहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका चारै जनालाई अनुसन्धानका लागि थुनामा राखेको छ ।
चोरहरुको गिरोहको इनरुवा, रामधुनी, गढी, दुहवीलगायतका स्थानबाट किसानको खोर गुवाली र चरनका लागि खेतवारीका पगाह लगाएको ठाँउबाट चोरी गरि म्याजिक भेनमा राखेर लैजादै आएका थिए ।
सुनसरीबाट खसी चोरी गरि सप्तरी र मोरङको बजारमा लगेर बिक्री गर्ने र सप्तरी र मोरङबाट चोरी गरेको खसी बाख्रा सुनसरीमा ल्याएर बिक्री गर्दै आएको उक्त गिरोहबाट खुलेको छ ।
किसानहरुको खसी चोर्ने गिरोहको खोजी र निगरानीमा सुनसरी मोरङका प्रहरी चौकीले प्रहरी परिचालन गरि खोजी गरिरहेको समयमा किसानले खसीसहित चोरलाई समातेपछि सो गिरोहले मोरङको सुन्दरहरैंचाबाट मात्रै ९३ वटा खसी बोका चोरी भएको स्थानीयहरूले बताएका छन ।
ईलाका प्रहरी कार्यालय इटहरीले खोरभित्र बाटै खसी बोका हराउन थालेपछि पशुपालक किसानले चोरी गर्ने गिरोह उपर निगरानी बढाउँदै किसानको सक्रियतामा पक्राउ परेको गिरोहले म्याजीक भ्यान नै भाडामा लिएर दैनिक खसी चोर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको जनाएको छ ।
कोशी गाउँपालिकामा भएको चोरीको घटनाको चोरीको सामानसहित प्रहरीले इनरुवाबाट एक जनालाई पक्राउ गरेको छ । सुनसरी प्रहरीको चोरी नियन्त्रण गर्ने अभियानअन्तर्गत परिचालित बिषेश टोलिले शुक्रवार रातको समयमा कोशी गाउँपालिका वडा नं १ मा रहेको सर्बसाधारण नागरिकको घरमा प्रवेश गरी घरको दराज फोडि चोरी गरी फरार भएकोमा इनरुवा नगपरपालिका वडा नं २ बस्ने बर्ष २१ को बिनोद शर्मालाई पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा उनले उक्त चोरीका सामानहरू भारतमा बिक्री बितरण गर्ने उद्देश्यले लुकाई छिपाई राखेको देखिएपछि सामानहरू लौकहीबाट बरामद गरेको छ । उक्त चोरीमा संलग्न व्यक्तिलाई चोरी मुद्धामा सात दिन म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानको क्रममा उनले इनरुवा क्षेत्रमा पटक-पटक घरका सटरहरू फोड्ने र रातको समयमा चोरी गर्ने गरेको समेत खुल्न आएको प्रहरीले जनाएको छ ।उनको साथबाट प्रहरीले सामसुङ मोबार्ईल एक थान, हुवाई कम्पनीको मोबाईल एक थान र चाँदीको गहना १० तोल बरामद गरेको छ ।



