
काठमाडौं । नेकपा एमालेले गोरखा-२ को प्रतिनिधि सभा सांसद उम्मेदवारमा मिलन गुरुङ (चक्रे)सहित तीन जनाको नाम सिफारिस गरेको छ ।
क्षेत्र २ को क्षेत्रीय समितिको आज आइतबार सकिएको बैठकले चक्रेसहित दिनेशचन्द्र देवकोटा र कोपिला कुमालको नाम सिफारिस गरेको हो ।
चक्रे विगतमा विवादास्पद गतिविधिहरुमा संलग्न रहँदै आएका थिए । ठमेल क्षेत्रमा व्यावसायिक प्रभाव जमाउन धन बलको पहुँच बनाएका उनलाई एमालेले सिफारिस गरेको हो । यसअघि कांग्रेसले जिउँदै भट्टीमा मान्छे हाल्ने मोहम्मद आफताब आलमलाई सिफारिश गरिसकेको छ ।



