उर्लाबारी मोरङको उर्लाबारी नगरपालिका वडा नम्वर-६ मा रहेको सुर्य बचत तथा ऋण सहकारी सस्थाले सस्थाको २७ लाख रुपैया हिनामिना गरेको आरोपमा २ जना सहकारीका कनिष्ठ कर्मचारीलाई उजुरी गरी पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सहकारीका मोरङको मिक्लाजुङ गाउपालिका क्षेत्रको मधुमल्लामा बचत संकलन गर्ने बजार प्रतिनिधी रोजीत पौडेल र सस्थाकी क्यासियर प्रतिमा चौहान रहेका छन् । उनिहरुलाई प्रहरीले भदौ १७ गते पक्राउ गरेको हो ।
उनिहरुलाई २०७८ चैत महिना देखी २०७९ साउन महिना सम्ममा सस्थाको २७ लाख रुपैया हिनामिना गरेको आरोपमा सस्थाले इलाका प्रहरी कार्यालय उर्लाबारीमा सहकारी ठगीसम्वधी मुदा दर्ता गरेपछि प्रहरीले आवश्यक अनुसञ्धानका लागि नियन्त्रणमा लिएको सस्थाका अध्यक्ष तेजनाथ घिमिरेले बताए ।
सस्थाका अध्यक्ष घिमिरेका अनुसार सहाकारीको रकम हिनामिनामा उनिहरुको प्रतक्ष्य संमलग्नता देखीएको बताउदै उनिहलाई आवश्यक कार्वाहिका लागि हिरासतमा राखेर अनुसञ्धान गरिरहेको बताए पनि सहकारीका सेयर सदस्यहरुले भने उपल्लो दर्जाका कर्मचारी र संचालक समितीका केही पदाधिकारीको आड विना सहकारीका कनिष्ठ कर्मचारीले २७ लाख रुपैया हिनामिना गर्न नसक्ने भन्दै सस्थाका व्यावस्थापक तिला दहाल र सस्थाको कार्यकारी प्रमुख मदन बराललाई पनि नियन्त्रण लिएर छानविन हुनुपर्ने माग शेयर सदस्य हेमन्त भट्टराईको रहेको छ ।
उनिहरुले सहकारीमा संचालक समितिका केही पदाधिकारी र उपल्लो दर्जाका कर्मचारीको साठगाठमा रकम हिनामिना गरेर दोष जति तल्लो तहका कर्मचारीमा थुपारेर उनिहरु पानीमाथीको ओभानो हुन खोजेको भन्दै शनिवार उर्लाबारी-६ स्थित महारुद्रा शिवालय परिसरमा आयोजित सस्थाको साधारण सभामा विरोध जनाएका थिए ।
तर सस्थाले उनिहरुको मागलाई सम्वोधन नै नगरी साधारणसभा गरेपछि सस्थाका पदाधिकारी र उपल्लो दर्जाका कर्मचारीको राम्रै मिलेमतोमा रकम हिनामिना गरी उनिहरुमा माथी मात्रै दोष लगाएर पन्छिन खोजेको सस्थाकी पुर्व कर्मचारी समेत रहेकी तारा घिमिरेको भनाई छ ।
सहकारीले क्यासिर र बजार प्रतिनिधीको मिलेमतोमा ५ महिना अगाडी देखी बचत कर्ताको बचत फिर्ता र बचतकर्ताको पासबुक र चेकमा किर्ते गरी रकम हिनामिना गरेको आरोप लगाएपनि पिडीत भनिएका सस्थाका बजार प्रतिनिधी पौडेलका बुबा हेमप्रसाल पौडेलले छोरा सोझो भएका कारण उ माथी सवै दोष थुपारेर मोटो रकम हिनामिना गर्ने सञ्चालक समिति र माथिल्लो तहका कर्मचारीलाई उनमुक्ति दिन अध्यक्ष आफै लागि परेको हेमप्रसाल पौडेल बताए ।
यता सस्थाका अध्यक्ष तेजनाथ घिमिरेले भने रकम हिनामिनामा संस्थाको संचालक समितीको कुनै हात नरहेको बताउदै कर्मचारीका कारण सस्था ठगिएको र सवै वचतकर्ताको रकम फिर्ता गर्न आफु प्रतिवद्ध रहेको बताए ।
पछिल्लो समय देशको राजधानी काठमान्डौ सहित विभिन्न स्थानमा सहकारीका संचालकको बेइमानी र कर्मचारीको लापरवाहीका कारण दुख गरेर कमाएको पैसा वाणिज्य बैक र विकास बैकले दिने व्याजदर भन्दा महगो व्याजदरको लोभमा परेर पैसा राख्ने सर्वसाधरणहरु मर्कामा पर्ने गरेका धेरै समाचारहरु बाहीर आएका बेला मोरङको उर्लाबारीमा पनि यो समस्या देखा परेको हो ।
जसका कारण सहकारी प्रतिको सर्वसाधरणको विश्वशनियता घट्दै गएको छ । भने समयमै गाउगाउमा च्याउसरी खोलीएका यस्ता सहकारीहरुको अनुगमन, नियमन र गलत गर्ने सहकारीका संचालक र कर्मचारी प्रति कठोर कार्वाही नगरिने हो भने भविष्यमा सहकारीमा बचत गरेका लाखौ सर्वसाधरण करडौ रकम हिनामिना हुने र उठिवास लाग्ने निश्चित छ तसर्थ समयमै तिनै तहको सरकारले यस तर्फ गम्भिर भएर सोच्नु पर्ने देखीन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय